गल्याङ नगरपालिकामा सहयोग गर्नेहरु मध्ये आमा समुह अग्रपङ्तीमा


गल्याङ : गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा राहत रकम तथा जिन्सी सामाग्री आउने क्रम बढेको छ ।
विभिन्न संस्थाहरुले राहत रकम तथा राहत सामाग्री सहयोग गरिरहेका छन् ।
गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि गल्याङ नगरपालिका वडा नम्बर दुई बटुवामा रहेको श्री सिर्जनशील आमा समूहले १० हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार आमा समूहका अध्यक्ष गीता भण्डारी, उपाध्यक्ष सरस्वती भण्डारी र कोषाध्यक्ष कृष्णा न्यौपाने भण्डारीले यो रकम नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
यस्तै, गल्याङ नगरपालिका वडा नम्बर चार मोतिचौरमा रहेको श्री दिपज्योती आमा समूहले पनि १० हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।
समूहका अध्यक्ष धनमाया थापा, सचिव बेगम थापा, सल्लाहकार जुना थापा तथा सदस्यहरु गमिसरा थापा र ठगिसरा रानाले यो रकम नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी, गल्याङ नगरपालिका चार मा नै रहेको श्री जनसांस्कृतिक युवा क्लबले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा पाँच हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ । क्लबका सल्लाहकार रामु थापा, अध्यक्ष साजन थापा, उपाध्यक्ष रोशन थापा र सचिव सचिन रानाले यो रकम हस्तान्तरण गर्नुभएको हो ।
यस्तै, गल्याङ नगरपालिका ७ सेन्थुम्का धराङ्दीमा रहेको श्री थानापति जनजागरण आमा समूहले पनि छ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ । काठमाडौंमा रहनुभएका आमा समूहका अध्यक्ष विष्णु भण्डारीसँगको समन्वयमा उपाध्यक्ष रमा भण्डारी, सचिव दिपा भण्डारी र सदस्य मञ्जु भण्डारीले यो रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले आमा समूहहरुबाट थोरै थोरै जम्माम भएको रकम सहयोग गरिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो –‘आमा समूहको आम्दानी गर्ने खासै स्रोत नभएपनि सहयोग गर्नुभएको छ । म तपाईहरुलाई उच्च सम्मान गर्दछु ।’
उहाँले समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने कार्य भैरहेको जानकारी दिदै कहीं अप्ठ्यारेमा परेका व्यक्ति देखिएमा खबर गर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘वडा अध्यक्षहरुले वडाको समन्वयमा राहत वितरणको काम त भएको छ, तर कहीं ध्यान नपुगेको वा नपाउनुपर्नेले पाएको अवस्था छ भने पनि खबर गरी सहयोग गर्नुहोला ।’
उहाँले जम्मा भएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याउने प्रतिबद्वता पनि दोहो¥याउनुभयो ।
शुक्रबारसम्म गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोषमा १९ लाख ११ हजार छ सय ९५ रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP