दक्षीण कोरिया गएका नेपालीहरुबाट गल्याङलाई एक लाख ५१ हजार सहयोग
गल्याङ :
रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका नेपालीहरुले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा डेढ लाख भन्दा बढि सहयोग गरेका छन् ।
गल्याङ नगरपालिका वडा नम्बर ११ सहित विभिन्न ठाउँबाट कोरिया पुगेका नेपालीहरुले राहत कोषमा एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
गल्याङ नगरपालिका वडा नम्बर ११ का २६ जना वडा नम्बर सातका चार जना र वडा नम्बर तीनका तीन जनाले सहयोग गरेका छन् । यस्तै, कपिलवस्तु, झापा, संखुवासभा, सोलुखुम्बु र पाँचथरका एक एक जनाले पनि गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि सहयोग गरेका छन् ।
कोरियामा रहेका ३८ जनाले राहत कोषका लागि दुई देखि पाँच हजार रुपैयाँ संकलन गरी एक लाख ५१ हजार सहयोग जुटेको कोरियाबाट नारायण अर्यालले जानकारी दिनुभयो ।
वडा नम्बर ११ का सदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) लाई सम्पर्क गरी आफुहरुले जम्मा गरेको रकम नेपाल पठाएको उहाँले स्पष्ट पार्नुभयो ।
गल्याङ नगरपालिकामा अप्ठ्यारो अवस्थामा रहेकाहरुलाई सहयोग गर्न आफुहरुले सीमित व्यक्तिहरुलाई मात्रै जानकारी गराएर थोरै रकम सहयोग गरेको अर्यालले बताउनुभयो ।
कोरियामै रहनुभएका दुर्गा भण्डारीले नेपालमा कोरोना संक्रमणबाट साबधानी अपनाउन गरिएको लकडाउनका कारण समस्या परेकाहरुलाई सहयोग गर्न यो रकम पठाइएको बताउनुभयो ।
संकलन भएको रकम वडा सदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) मार्फत नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले रोजगारीको सिलसिलामा विदेश रहँदा पनि स्वदेश र आफ्नो क्षेत्रका लागि रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले अहिले देशमा कोरोनाको जोखिम बढिरहेको भन्दै लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएको अवस्थामा कोरियामा रहनुभएका नेपालीहरुको सहयोग आउनु निकै प्रशंसनीय रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विदेशी भूमिमा रहेर श्रम गर्नुको पिडा धेरै हुने गरेको छ । र यो दुखको समयमा निकै महत्वपूर्ण सहयोग गर्नुभएको छ, म सम्पूर्ण सहयोगदाता महानुभावहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।’
उहाँले प्राप्त सहयोगको उचित ढंगले पीडितहरु सामु पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


