माछा बिक्रि नहुदा स्याङ्जाका कृषक मर्कामा

हिमलाल पराजुली/स्याङ्जा :
माछा बिक्रि नहुदा ब्यावशायीक रुपमा माछा पालन गर्दै आएका कृषक मर्कामा परेका छन् । लकडाउन लम्बिदै गएपछि ब्यावसायीले पालेका माछा बिक्रि लागि बजार नपाएपछि यतिखेर माछापालन ब्यावसायी गर्दै आएका स्याङ्जाका ब्यावसायी मर्कामा परेका हुन् ।
कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्र बन्द रहेकाले माछा पालन गर्दै आएका किसानका माछा उपभोक्ताको भान्सा भान्सामा पुग्नु पर्ने माछा यतिबेला पोखरीमै रहेका छन् । बिक्रिको लागि तयारी भए पनि बिक्रिनभएर पोखरीमै पालिरहनु पर्दा र दाना खुवाइरहनु पर्ने भएकोले किसानहरु थप मर्कामा परेका छन् । आम्दानी लिने बेलामा थप त्यसैमा लगानी गर्नु पर्ने अवस्था आएपछि उत्साहित भएर माछापालन ब्यावसायमा लागेका उनीहरु यतिबेला भने निरास बनेका छन् ।
रु ३ करोडको लगानीमा ४ जना मिलेर गाल्याङ नगरपालिका ७ तारुखोलामा तारुखोला मत्सय तथा कृषि फर्म सञ्चालन गर्दै आएका मध्ये एक संञ्चालक धनबहादुर मल्लले लकडाउनका कारण आफुहरु मर्कामा परेको बताउनु भयो । मल्लले भन्नु भयो “पोखरीमा माछा बिक्रिको लागि तयारी अवस्थामा छन् तर के गर्ने बन्दका कारण बिक्रि गर्न नपाउदा माछा पोखरीमै मर्ने अवस्था आएको छ ।” अर्का ब्यावसायी तिलप्रसाद गैह्रेको पनि त्यस्तै गुनासो रहेको छ । “गैह्रेले भन्नु भयो अरुबेला दैनिक एक क्युन्टल सम्म स्थानीय बजारमा माछा बिक्रि गर्ने गरे पनि अहिले बजारको अभावमा बेच्न नपाउदा लामो समय सम्म पोखरीमै पाल्नु भर्ने भएकोले खर्च बढ्नुका साथै दाना खुावउन समेत समस्या भएको बताउनु भयो ।”
५२ रोपनी जग्गामा संञ्चालन गरिएको उक्त फर्ममा रहु , ग्राँस कार्ब , सिल्भर कार्ब र नैनी जातका माछाहरु पालिएका छन् । कृषि पेशालाई नै मुख्य ब्यावसाय बनाएर काम गरिरहेका किसानहरु लकडाउन लम्बिदै जादा समस्यामा परेका छन् भने उनीहरु किसानको लागि सरकारले राहातका कार्यक्रम ल्याउनु पर्ने माग समेत गर्ने गरेका छन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP