एकल महिला र अपाङ्गता भएका व्यक्तिकाे भत्ता काटिने : सामाजिक सुरक्षा नियमावली
सामाजिक सुरक्षासम्बन्धी नयाँ ऐन र नियमावली कार्यान्वयनमा आएपछि जुनसुकै उमेरका एकल महिलाले पाइरहेको सामाजिक सुरक्षा भत्तालाई वर्गीकरण गरिने भएको छ ।
यस्तै, अतिअसहाय तथा अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि कटौती गर्न लागिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाउदै आएकाछन् ।
उक्त नियमावली कार्यान्वयनमा आएसँगै गृह मन्त्रालयअन्तर्गत्को राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
सरकारले सबै उमेर समूहका एकल महिलालाई मासिक दुई हजार र अपांगता भएका व्यक्तिलाई १६ सय रुपैयाँ भत्ता दिँदै आएको छ । यस्तो लाभ लिनेमा करिब तीन लाख २६ हजार एकल महिला र ८० हजार अपांगता भएका व्यक्तिहरु छन् ।
तर, सरकारले कोरोना महामारीको कारण अघि सार्दै ६० वर्षमुनिका एकल महिला र अपांगता भएका व्यक्तिहरुको सुविधा कटौती गर्न लागेको हो तर ६० वर्षभन्दा मुनिका सबै एकल महिला यो सुविधाबाट वञ्चित नहुने बताइएकाे छ ।
कुनै आयस्रोत नभएका र न्यून आय भएका एकल महिलाले भत्ता पाउने तर आम्दानीको स्रोत भएकाको भत्ता कटौती गर्नेगरी ऐन परिमार्जन गर्न लागिएको उनले बताएका छन् ।
कोरोना संक्रमण र ‘लकडाउन’ले समाजका हरेक तह र तप्कालाई असर गरेको भन्दै कतिपयले सामाजिक सुरक्षा भत्ताको दायरा बढाउनुपर्ने अवस्थामा कटौती गर्नुलाई उचित मान्न नसकिने बताएकाछन् ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


