एकल महिला र अपाङ्गता भएका व्यक्तिकाे भत्ता काटिने : सामाजिक सुरक्षा नियमावली

सामाजिक सुरक्षासम्बन्धी नयाँ ऐन र नियमावली कार्यान्वयनमा आएपछि जुनसुकै उमेरका एकल महिलाले पाइरहेको सामाजिक सुरक्षा भत्तालाई वर्गीकरण गरिने भएको छ ।
यस्तै, अतिअसहाय तथा अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि कटौती गर्न लागिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाउदै आएकाछन् ।
उक्त नियमावली कार्यान्वयनमा आएसँगै गृह मन्त्रालयअन्तर्गत्को राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
सरकारले सबै उमेर समूहका एकल महिलालाई मासिक दुई हजार र अपांगता भएका व्यक्तिलाई १६ सय रुपैयाँ भत्ता दिँदै आएको छ । यस्तो लाभ लिनेमा करिब तीन लाख २६ हजार एकल महिला र ८० हजार अपांगता भएका व्यक्तिहरु छन् ।
तर, सरकारले कोरोना महामारीको कारण अघि सार्दै ६० वर्षमुनिका एकल महिला र अपांगता भएका व्यक्तिहरुको सुविधा कटौती गर्न लागेको हो तर ६० वर्षभन्दा मुनिका सबै एकल महिला यो सुविधाबाट वञ्चित नहुने बताइएकाे छ ।
कुनै आयस्रोत नभएका र न्यून आय भएका एकल महिलाले भत्ता पाउने तर आम्दानीको स्रोत भएकाको भत्ता कटौती गर्नेगरी ऐन परिमार्जन गर्न लागिएको उनले बताएका छन् ।
कोरोना संक्रमण र ‘लकडाउन’ले समाजका हरेक तह र तप्कालाई असर गरेको भन्दै कतिपयले सामाजिक सुरक्षा भत्ताको दायरा बढाउनुपर्ने अवस्थामा कटौती गर्नुलाई उचित मान्न नसकिने बताएकाछन् ।
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…