डुम्रे बन्धु समाजका केन्द्रीय अध्यक्ष एबं व्यवशायी शिबलाल डुम्रेलाई पितृशोक ।
आँधीखोला खबर/वालिङ :
डुम्रे बन्धु समाजका केन्द्रीय अध्यक्ष एवं व्यवशायी शिबलाल डुम्रेलाई पितृशोक परेको छ । उहाँका बुबा शिबराम डुम्रेको ८१ बर्षको उमेरमा निधन भएको हो ।
घाँटीको क्यान्सरबाट पीडित शिबरामको आज वालिङमा रहेको आफ्नै निवासमा निधन भएको हो । उहाँका श्रीमती,२ छोरा र २ छोरी रहेकाछन् ।
यसैबीच शिबरामको निधन प्रति शोक प्रकट गर्दै बिभिन्न संघसंस्थाहरुले समवेदना प्रकट गरेकाछन् ।
डुम्रेबन्धु समाजले आफ्ना केन्द्रीय अध्यक्ष शिबलाल डुम्रेका पिता शिबराम डुम्रेको निधनप्रति श्रद्धान्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको छ । समाजका संरक्षक एवं उच्च अदालत पाटनका न्यायाधिश अनन्तराज डुम्रेले समवेदना प्रकट गर्नु भएको हो । उहाँले मृत आत्माको चीरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्नु भएको छ ।
त्यस्तै वालिङ उद्योग बाणिज्य संघले पनि समवेदना प्रकट गरेको छ । संघका अध्यक्ष शोभाकान्त पौडेलले समवेदना प्रकट गर्नु भएको हो ।
स्वर्गीय शिबराम डुम्रेको आजै रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिदैछ ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…