रोजगारीका लागि कोरियामा रहेका स्याङ्जाका थापाको सुतेकै अवस्थामा ज्यान गयो ।

आँधीखोला खबर :
रोजगारीका लागि दक्षिण कोरिया पुगेका स्याङ्जाका एक जनाको सुतेकै ठाउँमा ज्यान गएको छ । ईपिएस प्रणाली मार्फत रोजगारीको लागि दक्षिण कोरिया पुगेका बिरुवा गाउँपालिका–५ माथिल्लो चेप्टेका ३३ वर्षीय खड्क बहादुर थापाको ज्यान गएको हो ।
थापा विगत ७ वर्षदेखि दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनिमा कार्यरत रहेका स्याङ्जा परिवार दक्षिण कोरियाका पूर्ब केन्द्रिय सदस्य सुन्दर सुवेदीले जानकारी दिनुभयो ।
नाइट ड्यूटी सकेर बैसाख ३० गते बिहान ९ बजेतिर सुतेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनिमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला पारेका थिए । उनीहरुले प्रहरीलाई प्रहरीलाई खबर गरेका सुवेदीले बताउनु भयो ।
थापा दोश्रो अवधीका लागि कोरिया पुगेका थिए । अविबाहित थापाका नेपालमा आमा र दाजुहरु रहेकाछन् । मृत्युका बारेमा अनुसन्धानका साथै शवको व्यवस्थापनका बारेमा कुरा भईरहेको स्याङ्जा परिवार दक्षिण कोरियाले जनाएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…