रोजगारीका लागि कोरियामा रहेका स्याङ्जाका थापाको सुतेकै अवस्थामा ज्यान गयो ।

death

आँधीखोला खबर :
रोजगारीका लागि दक्षिण कोरिया पुगेका स्याङ्जाका एक जनाको सुतेकै ठाउँमा ज्यान गएको छ । ईपिएस प्रणाली मार्फत रोजगारीको लागि दक्षिण कोरिया पुगेका बिरुवा गाउँपालिका–५ माथिल्लो चेप्टेका ३३ वर्षीय खड्क बहादुर थापाको ज्यान गएको हो ।
थापा विगत ७ वर्षदेखि दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनिमा कार्यरत रहेका स्याङ्जा परिवार दक्षिण कोरियाका पूर्ब केन्द्रिय सदस्य सुन्दर सुवेदीले जानकारी दिनुभयो ।
नाइट ड्यूटी सकेर बैसाख ३० गते बिहान ९ बजेतिर सुतेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनिमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला पारेका थिए । उनीहरुले प्रहरीलाई प्रहरीलाई खबर गरेका सुवेदीले बताउनु भयो ।
थापा दोश्रो अवधीका लागि कोरिया पुगेका थिए । अविबाहित थापाका नेपालमा आमा र दाजुहरु रहेकाछन् । मृत्युका बारेमा अनुसन्धानका साथै शवको व्यवस्थापनका बारेमा कुरा भईरहेको स्याङ्जा परिवार दक्षिण कोरियाले जनाएको छ ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP