स्याङजामा माछा मार्न गएका युवा मृत अवस्थामा भेटिए,करेन्ट लागेर ज्यान गएको प्रहरीको भनाई

आँधीखोला खबर/स्याङजा :
खोलामा माछा मार्न गएका स्याङजाका एक युवा खोलामा नै मृत अवस्थामा फेला परेकाछन् । पुतलीबजार नगरपालिका वडा नम्वर ११ बेलबासका ३३ बर्षीय ईश्वर जिटी सोही वडाको दरौं खोलामा मृत अवस्थामा फेला परेकाहुन् ।
खोलामा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेक थिए । घटनाको प्रकृति हेर्दा माछा मार्ने क्रममा करेन्ट लागेर जिटीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको स्याङ्जाका प्रहरी प्रमुख एस्पी बिमलराज कढेँलले जानकारी दिनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भईरहेको बताउनु भयो । जिल्ला अस्पतलामा शवको पोष्टमार्टम गरी उनका बुवा राजु जिटीलाई बुझाईएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…