स्याङजामा माछा मार्न गएका युवा मृत अवस्थामा भेटिए,करेन्ट लागेर ज्यान गएको प्रहरीको भनाई
आँधीखोला खबर/स्याङजा :
खोलामा माछा मार्न गएका स्याङजाका एक युवा खोलामा नै मृत अवस्थामा फेला परेकाछन् । पुतलीबजार नगरपालिका वडा नम्वर ११ बेलबासका ३३ बर्षीय ईश्वर जिटी सोही वडाको दरौं खोलामा मृत अवस्थामा फेला परेकाहुन् ।
खोलामा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेक थिए । घटनाको प्रकृति हेर्दा माछा मार्ने क्रममा करेन्ट लागेर जिटीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको स्याङ्जाका प्रहरी प्रमुख एस्पी बिमलराज कढेँलले जानकारी दिनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भईरहेको बताउनु भयो । जिल्ला अस्पतलामा शवको पोष्टमार्टम गरी उनका बुवा राजु जिटीलाई बुझाईएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


