दुई जना डेङ्गुका बिरामी फेला परेपछि भीरकोटले चलायो ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान

आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अर्थात् खोजी र नष्ट गर्ने अभियान थालेको छ ।
देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेंगु रोग स्याङ्जा जिल्लामा पनि फैलिएको र भिरकोटमा पनि दुई जना डेंगु सङक्रमित देखिए पछि यसको नियन्त्रणका लागि
‘सर्च एण्ड डिस्ट्रोय’ अभियान थालिएको नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
.

भीरकोट नगरपालिकाले भीरकोट जेसीजको सहयोगमा नगरभित्र डेङ्गु सार्ने माध्यमकोरुपमा रहेको लामखुट्टे बढ्न नदिने, लामुखट्टेको बासस्थान रहन सक्ने संभावित ठाउँहरुको खोजी गरी कीटनाशक औषधिको प्रयोग गरी मार्ने कार्य थालेको जनाएको छ ।
डेङ्गुका विरामी भेटिएपछि अरुमा फैलन नदिनका लागि लामखुट्टेको बासस्थान रहने ठाउँहरु जस्तै पानी जमेको ठाउँहरु, गाडीका टायरहरु, गमलाहरुको सरसफाईमा विशेष ध्यान दिएका नगर प्रमुख खनालले जानकारी दिनुभयो ।
सो अवसरमा भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल, उपप्रमुख सिमा कर्मचारी, नगर प्रवक्ता दिपेन्द्र केसी, भिरकोट जेसिसका अध्यक्ष मिना खाँण ठकुरी, सिर्जना गौतम, कमल रेग्मी लगायतको उपस्थी थियो ।
.

डेङ्गु भाईरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।
एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु, शरीरमा विविराहरु आउनु, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…