स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना सङ्क्रमितको संख्या २४५ नै
काठमाण्डाै : नेपालमा कोरोना सङ्क्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।
यसअघि सङ्क्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो ।

तर यो संख्या यसअघि नै अद्यावधिक भैसकेको छ । आज काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी दुई जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ४५ पुगेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


