थप नौं जनामा कोरोना, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं : आज (शुक्रबार) बाँके र मकवानपुरमा थप नौं जनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


