स्याङ्जामा शिक्षण अस्पतालबाट आएका सबैको रिपोर्ट नेगेटिभ ।

आँधीखोला खबर :
जिल्ला अस्पताल स्याङ्जाको आईसोलेसनमा रहेका ६ जनाको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु ६ जना सहित अर्का १ जनाको पनि नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितसँग सम्पर्कमा रहेको भन्दै २ वर्षीय बालकसहित ६ जनालाई आइसोलेसन राखिएको छ । उनीहरुको अवस्था सामान्य रहको छ ।
पुतलीबजार नगरपालिका वडा नं ४ का उनीहरु आफ्नो बच्चाको उपचारका लागि शिक्षण अस्पतालमा पुगेको र ५ दिनअघि स्याङजा घर फर्केका थिए । आइसोलेसनमा राखिएकामा ३ जना महिला र ३ पुरुष छन ।
सबैका स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
यस्तै आज ९ जनाको कोरोना परिक्षणका लागि स्वाव लिईएको जिल्ला स्वास्थ्य प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । कास्की सँगको सिमानाकामा कार्यरत ४ जना कर्मचारी र आईसोलेसनमा रहेका ५ जनाको स्वाव संकलन गरि पोखरा पठाईएको हो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…