स्याङ्जामा शिक्षण अस्पतालबाट आएका सबैको रिपोर्ट नेगेटिभ ।
आँधीखोला खबर :
जिल्ला अस्पताल स्याङ्जाको आईसोलेसनमा रहेका ६ जनाको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु ६ जना सहित अर्का १ जनाको पनि नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितसँग सम्पर्कमा रहेको भन्दै २ वर्षीय बालकसहित ६ जनालाई आइसोलेसन राखिएको छ । उनीहरुको अवस्था सामान्य रहको छ ।
पुतलीबजार नगरपालिका वडा नं ४ का उनीहरु आफ्नो बच्चाको उपचारका लागि शिक्षण अस्पतालमा पुगेको र ५ दिनअघि स्याङजा घर फर्केका थिए । आइसोलेसनमा राखिएकामा ३ जना महिला र ३ पुरुष छन ।
सबैका स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
यस्तै आज ९ जनाको कोरोना परिक्षणका लागि स्वाव लिईएको जिल्ला स्वास्थ्य प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । कास्की सँगको सिमानाकामा कार्यरत ४ जना कर्मचारी र आईसोलेसनमा रहेका ५ जनाको स्वाव संकलन गरि पोखरा पठाईएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


