स्याङ्जामा भेटियाे दोस्रो व्यक्तीमा आरडीटी पोजेटिभ
स्याङ्जा :
कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा दोस्रो ब्याक्तीमा आरडीटी पोजेटिभ भेटिएको छ ।
कालिगण्डकी गाउँपालिकामा शुक्रबार जिल्ला आएका एक जनामा आरडीटी पोजेटिभ भेटिएसगै संख्या दुई पुगेको हो ।
इन्डियाको झारखण्डबाट हिडेर महेन्द्र नगर आएका २५ युवा गुल्मीको सत्यवती, कालीगण्डकीका साथीसगँ सवारी साधन लिएर कालिगण्डकी आईपुगेका हुन् ।
युवामा पहिलो पटक आरडिटी परीक्षण हुदाँ पोजेटिभ देखिएपनि दोस्रो पटक नेगेटिभ देखिएको थियो ।
बिर्घामा गरिएको परीक्षणमा एक पटक पोजेटिभ गरीएपछि पीसीआरको स्वाब लिने तयारी गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयबाट आएको टोलीले स्वाब लिने जन स्वास्थ्य निरिक्षक खड्क बहादुर थापाले जानाकारी दिनुभयो । आरडीटी पोजेटिभ देखिएका युवा सकुसल र कुनै लक्षण नरहेको थापाले बतउनुभयो ।
पोजेटिभ देखिएका युवा र सगै आएका अन्य दुई जना बिर्घामा रहेको क्वारेन्टाइनमा राखिएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


