स्याङ्जामा भेटियाे दोस्रो व्यक्तीमा आरडीटी पोजेटिभ

स्याङ्जा :
कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा दोस्रो ब्याक्तीमा आरडीटी पोजेटिभ भेटिएको छ ।
कालिगण्डकी गाउँपालिकामा शुक्रबार जिल्ला आएका एक जनामा आरडीटी पोजेटिभ भेटिएसगै संख्या दुई पुगेको हो ।
इन्डियाको झारखण्डबाट हिडेर महेन्द्र नगर आएका २५ युवा गुल्मीको सत्यवती, कालीगण्डकीका साथीसगँ सवारी साधन लिएर कालिगण्डकी आईपुगेका हुन् ।
युवामा पहिलो पटक आरडिटी परीक्षण हुदाँ पोजेटिभ देखिएपनि दोस्रो पटक नेगेटिभ देखिएको थियो ।
बिर्घामा गरिएको परीक्षणमा एक पटक पोजेटिभ गरीएपछि पीसीआरको स्वाब लिने तयारी गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयबाट आएको टोलीले स्वाब लिने जन स्वास्थ्य निरिक्षक खड्क बहादुर थापाले जानाकारी दिनुभयो । आरडीटी पोजेटिभ देखिएका युवा सकुसल र कुनै लक्षण नरहेको थापाले बतउनुभयो ।
पोजेटिभ देखिएका युवा र सगै आएका अन्य दुई जना बिर्घामा रहेको क्वारेन्टाइनमा राखिएको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…