कोरोनाको त्रासका बीच पलाएको सामाजिक सद्भाव र सहयोग

खुमकान्त अर्याल :

अफ्रिकी देश केन्याको मोम्वासा स्थित एक विधवी महिलाले लुगा धुने काम गरेर आफ्ना ८ जाना छोराछोरीको पालन पोषण गर्दै आएकी रहिछन् । कोरोना कहरको वन्दावन्दी पछि उनको पैसा आउने वाटो हरायो । छोरा छोरीले भोक लागेर अत्याउन थाले । आमाले एउटा भट्डुमा ढुंगा पकाउन थालिन र खानेकुरा पाक्दै छ भनेर छोराछोरीलाइ अल्मल्याउने प्रयास गरिन । भाँडोमा केही पाक्दै गरेको देखेर खाने आसा गदागर्दै छोराछोरी निदाए भने आजको लागि टर्ला र भोली कुनै उपाय होला भन्ने सोँचेकी थिइन, सायद आमाले ।

भोकमरीग्रस्त यो परिवारको अवस्था एक छिमेकीले देखेछन् । भोलीपल्ट यो समाचार सर्वत्र फैलियो । खवर पछि केन्यावासी धेरै मनकारी नागरिकहरुले पैसा पठाएर तेस परिवारको खाने व्यवस्था मिलाए । यस्तै गरी कोरोना संकटको क्रममा अभावको कारणले वद्मासी गर्ने कामको निरुत्साहनको लागि, इटालीको गरिवी इलाकाहरुमा स्थानीय धार्मिक संगठनहरुले अत्यावश्यकीय वस्तुहरुको पोको वनाएर समस्यामा रहेका मानिसहरुको सहयोगार्थ वाँड्न सुरु गरेका रहेछन् ।

त्यँहा समस्याग्रस्त कतिपय सर्वसाधारण मानिसहरुले घरको माथिल्लो तलाको झ्रयालवाट डोरीले वास्केट झुडाएर वाटोमा राखीदिने र वाटो हिड्नेहरुले त्यस वास्केटमा खाना कपडा र पैसा राखीदिएर सहयोग गरेका छन् ।

यसै गरी भारतको मुम्वैमा पैसा वाँडिदैछ भनिदा, सक्षम मानिसहरु पनि सम्मिलित हुने आशंकामा विपन्नहरुको सहयोगार्थ एक एक किलो आँटा वाड्ने प्रचार गरेर आँटा भित्र १५ हजार रुपैंया लुकाएर राखेर वाँडिएकाे खवर पनि कम रोचकको रहेन । अमेरिकामा उपभोक्तहरुले स्टोरवाट, आवश्यक सामान किनेर रकम वुझाउँदा नै समस्याग्रस्त नागरिकहरुको सहयोगको लागि स्वैेक्षिक दान रकम ताँही जम्मा गर्न सकिने सजिलो तरीका सुरु भएको रहेछ । हाम्रो देशमा पनि वन्दावन्दीवाट अलपत्रपरेका पैदलयात्रुहरुलाई दयालु व्यक्ति तथा संघ संस्थाले वाटोमा गास वास साथ दिएर सहयोग गरिएको दृश्य प्रेरणादायक रह्यो र कतिपय दानवीर उध्योगपति तथा प्रतिष्ठित व्यक्तिहरुले दान चन्दा दिएर राहत वितरणमा सहयोग पुगीरहेको छ ।

यी सवै अप्ठारो परेका वेलामा गरिएका सहयोगको संक्षिप्त प्रतिनिधिमुलक झलक मात्र हो । अहिले सन्सारभरी जँहा कोरोनावाट समाज प्रभावित छ त्यँहाको समाज वा देशले आफँुसक्य आआफ्ना पद्दति र संस्कार अनुरुप एकापसमा सहयोग गरी तत्कालको समस्यावाट निस्कने संघर्ष गरिरहेका छन ।

एक्कासी आइपरेको यो महामारी रोगको निदानको लागि कुनै पनि मुलूक तैयारी हालतमा थिएनन्, त्यसैले मानिसहरु खासै विरामी नै नपर्ने राम्रो जनस्वास्थ्यको अवस्था रहेको युरोप अमेरिका जस्ता विकसित धनी मुलुकहरुमा समेत संक्रमित विरामीहरुको उपचारको लागि,अहिले आवश्यक शैया तथा सामाग्रिको अभाव हुन गएको खवर छ ।

यी देशहरूले यस पटककाे महामारी संकटको सामना गर्ने परिप्रेक्षमा देशको साविक स्वास्थ्य नीतिमा केही त्रुटी देखा परेकोले यसमा केही परिमार्जन गर्न आवश्यक ठानेका छन् । युरोपका कतिपय निजी अस्पतालहरुलाइ यही वखतमा राष्ट्रियकरण गरिएको समाचार पनि आएको छ । युरोप अमेरिका वाहेक कोरोना प्रभावित अन्य विकाशोन्मुख र अतिकम विकसित मुलुकहरुको अवस्था अझ धेरै दयनीय छ । यी दे्शहरुमा भाइरस संक्रमणवाट उपचारको प्रयाप्त व्यवस्था गर्ने सकस त छदैछ आर्को तर्फ दैनिक उपभोगका वस्तुहरुको आपुर्ती समेत जटिल वन्दै छ । लामो लकडाउनवाट कृषि तथा उध्योगहरुमा उत्पादनको कार्य प्रभावित भैरहेकाले आगामी दिनमा भोकमरीको समस्या समेत थपिने देखिन्छ ।

एकातिर महामारी रोग नियन्त्रण तथा जनस्वास्थ्यको लागि ठुलो रकम खर्च गर्नु पर्ने, आर्को तर्फ भएका सवै उध्योग व्यवसाय, वैंक तथा वित्तिय प्रतिष्ठानहरु ठप्प भइ राजश्व अशुली कम भएपछि देशको अर्थतन्त्र कमजोर हुने नै भयो । परिणामस्वरुप हाम्रो देशमा पनि सेयर मार्केट, विप्रेशण तथा रोजगारीको क्षेत्रमा वेस्करी समस्या देखिइसकेको छ । विश्वका कोरोना प्रभावित धेरै देशहरुले महासंकटवाट वेस्करी थिलिन गएको व्यवसायको संरक्षण गर्ने र पुनरउत्थान गरी अर्थतन्त्र पुरानो अवस्थामा फर्काउनको लागि अहिले विशेष राष्ट्रिय वजेट पास गरिसकेका छन् । यसरी घाटामा पुगेका व्यवसायीहरु तथा नागरिकहरुलाई आसा जगाउने प्रयास हुन थालेको देखिन्छ ।

नेपालमा भने अहिले सम्म व्यवसायीहरुको लागि पुनरउत्थान तथा राहत प्याकेजको कार्यक्रम आइनसकेकोमा व्यवसायीहरुले गुनासो गर्न लागेका छन् । अन्य देशहरुको तुलनामा हामी कँहा संक्रमित विरामीको संख्यावाट भन्दा पनि लामो समयको वन्दावन्दीले देशको अर्थतन्त्र र नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

माथी उल्लेख भएको केन्याको उदाहरण जस्तै नभएता पनि नेपालको ग्रामीण क्षेत्रमा व्यक्ति व्यक्तिका धेरै जसो समस्याहरुलाई समाजको तहवाट सहयोग र कल्याण गरेर समाधान हुने भएर पनि सवै समस्याहरु वाहिर देखिएका छैनन ।

वल्लो घर पल्लो घरको अ‍ैंचोपैचो सर सापटीले अभावको चाँपलाई थेग्ने हामी नेपालीको विशिष्ट सामाजिक सपरपंरा छ यसले पनि समाजलाइ वेस्करी धानेको छ ।

अहिले त स्थानीय सरकारहरुले पनि जनताको समस्यालाइ पहिल्याएर, अभावमा रहेका विपन्न परिवारहरुलाई धेरथोर राहत वितरणमा सक्रियता देखाइरहेका छन् । कोरोना भाइरसको विश्वव्यापी अहिलेको फैलावटलाइ हेर्दा वन्दावन्दी अझै लम्विदै जाने सम्भावना भएकोले वेलैमा तत्सम्वन्धि कार्ययोजना नगराउने हो भने अभावको धेरै ठुलो दुर्घटना हुन सक्ने देखिन्छ । आसा गरौं,अन्य देशमा जस्तै नेपाल सरकारले पनि विशेष कार्य योजना सहितको विशेष वजेट ल्याएर निरास व्यवसायिक वर्ग तथा राहतको वाटो हेर्ने जनताको आसा जगाउने कार्यक्रम ल्याउने छ ।

सरकारको कार्यक्रम र सहयोग वाहेक पनि अहिले हाम्रा सामाजिक संगठनहरुको श्रोत परिचालन वाट धेरै कामहरु गर्न सकिने अवस्था छ । हरेक गाँउ,नगर,टोलमा धेरै गैर नाफामुलक आमा समुह, युवाक्लव, अनेक समुहहरु र सहकारी संस्थाहरु कृयाशील छन् । अहिले सम्म जसरी यी संस्थाहरुवाट सहयोग भै आएको छ आगामी दिनहरुमा पनि विपतमा पर्नेहरुकोे कल्याणको लागि यी श्रोतहरुको उपयोग धेरै महत्वपुर्ण हुने छ ।

दुःखका वेलामा नै मानिसको असली पहिचान हुने हँुदा सक्षम व्यक्तिहरुले श्रद्दा पुर्वक आफ्ना धुकुडी खोल्ने वेला हो यो । मुस्किलमा परेका वेला समाजवाट पाइने प्रेम, सहयोग, सहानुभूती, समवेदना, र आत्मीय व्यवहारवाट हौसला पाएर नै मानिस तमाम सान्सारिक झन्झटको वीचमा पनि वाँच्न लालयित हुन्छ, वाँच्ने हिम्मत गर्दछ र मानिस हुनुमा गर्व गर्दछ । सरकारको विशेष कार्यक्रमका अतिरिक्त यिनै सामाजिक वलका आधारमा पनि हामी नेपालीले कोरोनाको कहरमाथी विजय प्राप्त गर्न सक्षम हुने छौ । धन्यवाद

Facebook Comments Box
TOP