कोरोनाकाे राज पछिको जीवनचर्या

खुमकान्त अर्याल :

धेरै दिनपछि आज वजार निस्कने साइत जुर्यो । वजारका चोकहरुमा प्रहरी तैनाथ छन् । सोध्छन् “वुवा कहाँ सम्म पुग्नुहुन्छ, खै त मास्क लगाएको ? तपाइहरुकै सुरक्षाको लागि हो, अव मास्क लगाएर मात्र हिड्नुहोला” । अत्यावश्यकीय काम भएका मात्र हिडेर होला सडकमा २ चार वटा मानिसहरु अघिपछि गरी एकापसमा छोइछिटो वारेर हिडेका जस्तो देखिन्छन् । फाटट् फुट्ट मोटरसाइकल र एम्वुलेन्सको आउजाउ देखिएको छ । वजारको कर्नर, चोकका रेष्टुरेण्ट र यसको अगाडी कैरोम्वोर्ड खेल्ने युवक कतै देखिएनन् । धेरै जसो पसल उद्योगहरु वन्द थिए । एकाध पसलेहरुले आधा सटर मात्र उघारेर, जोखाना हेर्दा, कोही ग्राहक आए केही वेच्न पो पाइहालिन्छ की भनेर वसेका छन्, गम्दै होलान यतीका दिनमा यति कारोवार चौपट भयो भनेर ।

वजारको चोक, छेउछाउमा कामको खोजीमा टोलाएर वस्ने श्रमिक र रेक्सावाल दाजुभाई पनि छैनन । वजार खुल्दा दिनभरी कामगरेर वेलुका पैसा गनेर, भोलीलाई रासन किन्न यतीे, छोराछोरीको फिस,कापी किताव र कलम किन्न यति छुट्याउने र वचेमा सहकारीमा रु ५०/१०० जम्मा गर्ने श्रमिक कता होलान, मैले पनि टोलाउदै खोजें अहं कतै देखिएनन जो शिंगो शहरका भारवाहक हुन् । यी वजारवासीहरु कोही घरको पेटीमा वसेर मोवाइलमा व्यस्त छन त कोही भित्र अथवा छतमा ।

शहरवजारवासीहरुको मुख्य पेसा उद्योग, व्यापार हो, यसैवाट उनीहरुको जिविका चल्छ । घर भाडामा लगाउनेहरु पनि धेरैनै छन त कोही नोकरी तथा अन्य सेवा गरेर आफनो जीवनयापन गर्दछन् यो नै उनीहरुको जीवनको ठुलो हिस्सा र भरोसा हो । गत २ महिना देखी करीव वजार ठप्प छ, कारोवार ठप्प छ त्यसैले र संक्रमणको डरलेहोला उनीहरुको मुहारमा पनि हाँसो र खुसी देखिदैन ।

परिचित वजारको चोक छिचोल्दै १० वजे वैंकमा पुग्दा २।४ जाना ग्राहकहरु करीव २ मिटरको दुरी राखेर वेग्लावेग्लै दिशा तिर फर्केर उभिएका, भर्खर झगडा गरेका वादी प्रतिवादीै जस्तै देखिन्थे । सुरक्षाकर्मीलाई सोधियो, वैंक कतिखेर खुल्ला ? एकै छिनमा खुल्छ तर २।३ घण्टामात्र, तैपनी तपाईहरुको उपस्थितिको नियम र फासला नमिलेर भीड गरेको देखिएमा प्रशासन आएर वन्द गरिदिन्छ भने ।

वैक का कर्मचारी साथीहरु पनि पहिला जस्ता ताजा स्वस्फुर्त देखिदैनथे, सायद आफ्नै अगाडि वैंकमा देखिएको कारोवारको मन्दी देखेर उनीहरु पनि वेस्करी पिरलिएका छन् । सवा दश वजे वैंकको ढोका खुल्यो । दुरी कायम गरेर भित्र पस्ने वेलामा सुरक्षाकर्मीले एउटा वोतलवाट सेनेटाइजर स्प्रे गरिदिए हातमा, जालन्धरलाई वृन्दाले घरको ढोकामा करुवाको जलले स्वागत गरेजस्तै, कुनै वैंकमा गेट वाहिरै सावुन र पानीको व्यवस्था गरेर राखेको पनि देखियो ।

आफ्रना ग्राहकहरुको स्वास्थ्यको वारेमा वैंक चिन्तित छ र राष्ट्रिय अभियानलाइ सघाउने कृयाशीलता देखाएका छन् उनीहरुले पनि । काउण्टरमा कर्मचारीहरु हातमा ग्लोव र मुखमा मास्क लगाएर सेनेटाइजरको वोतल सहित वसेका छन् । कोरोना भइरसको संक्रमण पछि, वैंकको आन्तरिक व्यवस्थापन र सेवाको अवस्था पुरै वदलिएको रहेछ । सायद सवै कार्यालयमा यस्तै व्यवस्थापन भएका छन् ।

वैंकमा भीड देखिएन वचत, किस्ता र व्याजको भुक्तानी तथा रेमिटको कारोवार भन्दा पनि खातामा रहेको पैसा निकाल्नेहरुमात्र वढी थिए, सोँचे वैकले भुक्तानी मात्र दिने कारोवारले कति दिन सम्म धानिएला ? पहिला जस्तो एकै दिनमा खातामा भएको पुरै रकम वा ठुलो मोटो रकम दिन उनीहरुलाइ समस्या भए जस्तो लाग्यो । आधुनिक वैंकिङ कारोवारमा तत्क्षण सेवा दिन र लिन वानी परिएका हामीहरुलाई भीड तथा दुरी मिलाएर सेवा प्रदान गर्दा केही असहज चाँही हुदो रहेछ तर के गर्ने यो परिस्थितिको उपज हो । खाध्यान्नका पसलमा गयो, उछिन्ने हतारो कसैले गरेको देखिदैन उही गाडीले साइड दिनको लागि कुरेर वसेजस्तै घेरा भित्र रहेर पालो कुरेको देखिन्छ ।

गाँउ शहर सवै तिर खुसी र अनुकुलतामा आयोजन गरिने भोज भतेरहरु सीमित भैसकेका छन् । मृत्युको धटनामा निम्नतम आफन्त उपस्थित भएर संस्कार पुरा गरी उम्कन थालिएको छ । खेतिवारीको काम गर्दा पनि कोरोना वाट वच्ने उपायको छलफल चलेको छ, खेतालहरुले दुरीको पालना गर्ने कशस गरेको देखिन्छ ।

अहिले त शहरमा भन्दा गाँउमा मानिसहरु वढी सचेत देखिन्छन् । गाँउमा कोही नयाँ मानिस आए गाँउलेकै सल्लाहमा उसलाइ क्वरेन्टाइनमा पठाउने र नमाने तुरुन्त प्रशासनमा खवर दिने गरेका छन् । अहिले स्वास्थ्य प्रतिको सचेतना ह्वात्तै वढेको देखिन्छ । सवैले वेलावेलामा सावुन पानीले हात धुने वानी परीसकेको छन् । सानो रोग विमारी देख्ने वित्तिकै चासो दिन थालेको देखिन्छ ।

युवाहरु झुम्मिएर केरेमवोर्ड र लुंडो खेल्न, तास जुवा खेल्ने र रक्सि खाएर मात देखाउने काम पनि कम भएको देखिएको छ । चोकको चिया पसलमा वसेर राष्ट्रिय अन्तराष्ट्रिय राजनितिको चर्चा गर्ने काम स्वाट्रटै घटेको छ, यसको सट्रटा सामाजिक सन्जालमा आफना असहमति विरोध, रोष र प्रशंसा गर्ने कार्य भने ह्वात्तै वढेको छ । कतै काम विशेषले मानिस जुटीहालेछन भने उही कोरोनाको, व्रतमान राजनैतिक खिचातानीको, राष्ट्रवादको र ग्लोवल लिडर को वन्दै छ यही विषयको वार्ताले प्रार्थमिकता पाउने गरेको छ । यसरी सरसर्ती हेर्दा कोरोना भाइरस संकमण अगाडिको जीवन शैली र अहिलेको हाम्रो सवै व्यवहारमा धेरै परिवर्तनहरु आइरहेको छ । हिजो कसैको आदेश वा सल्लाह लाई टेर्दा आँफु हारेको ठान्नेहरुको सामाजिक उपस्थितिको व्यवहारमा पनि स्वतः परिवर्तन आएको देखिन्छ ।

 आँखाले नदेखिने कोभिड नामको यो किरोको डरले हामीमा यति चाँडै यतिका आनीवानीमा परिवर्तन आउन सम्भव भएको छ । हामी मात्र हो र यो किरोले सन्सारका महावलीहरुको पनि सातो खाएको छ । चाल्र्स डार्विनका अनुसार जीवको उत्पत्ति भएदेखीनै उनीहरुले हिमपात, प्रचण्ड गर्मी जस्ता धेरै महा विपत्तिको सामना गरेका छन् । तेसवखत संकटको सामना गर्न जो जो सक्षम भए, अहिले पृथ्वीमा उनीहरुको अस्तित्व विध्यमान छ ।

प्राकृतिक संकट तथा संक्रमक महामारी रोगको कारण वाहेक इतिहासको विभिन्न कालखण्डमा युद्दवाट पनि धेरै मानिसहरुको मृत्यु भएको छ । गएको १०० वर्ष भित्रै २ वटा विश्व युद्द, २। ३ वटा महाभुकम्प, सुनामी, ज्वालामुखी, वाडीपहिरो का साथै स्पेनीस भाइरस,सार्स,इवोला, हैजा, विफर,एच आइभि एड्रस जस्ता धेरै महामारीवाट करोडौ मानिसको ज्यान गएको छ ।

राजनैतिक परिवर्तनका लागि भएका संघर्षहरुमा लाखौ मानिस मरेका छन् । ठुला घटना र ठुला उथलपुथलहरुले सन्सारमा जीवन संचालनका नया नया संस्कार, नयाँ अवसर र शैलीहरुको स्थापना भएको छ । हो कोभिड १९ भाइरसको संक्रमण पनि वैश्विक महामारी भएकोले यस अगाडिका हाम्रा आनीवानी र शैलीहरुमा परिवर्तन गरी सो अनुकुलको व्यवहार वार्ताव नगरी सुखै छैन भन्ने कुरा देखिइसकेको छ । कोभिड १९ अगाडिको हाम्रा जीवनका ढाँचाहरु पनि तेसै वातावरण अनुकुल व्यवह्ति थियो ।

अहिलेको यो संकटले यसवाट वाच्नको लागि फेरी अलग्गै जीवनका शैलीहरु विकसित गर्ने अवस्था आइसक्यो र यसको व्यवहारिक प्रयोग सुरु पनि भैसक्यो, माथिनै उल्लेख भैसकेको छ । लकडाउन सधैंको समस्याको समाधान होइन । मानवीय जीवनका सवै आयाम तथा घटकहरुमा परिस्थितिजन्य अनुकुल आचरण तथा वैकल्पिक व्यवहार गर्नेगरी समाजरुपी गाडीका पहिह्याहरु अव संचालन गर्ने हिम्मत गर्नु पर्छ । कोभिड १९ अगाडिको अवस्था अव कसै रहेन, तेसरी अव जीवन कसै चल्दैन निधो भैसकेको छ ।

तसर्थ हाल सम्मको अध्यायनले सरसफाई, सामाजिक दुरीको पालना र सतर्कताहरुवाटनै अहिलेको संक्रमण वाट वच्न सकिने भएकोले तदनुकुल समेतका उपायलाइ पालना गर्दै आचार संहिताको निर्धारण गरी लकडाउन खोलेर सामान्य जीवन संचालनको मौका अव दिनुपर्दछ । अन्यथा रोग नियन्त्रणको नाममा अरु अभाव भोकमरी जस्ता भयंकर अमानवीय संकट श्रृजना भइ प्रकृतिको छनौटमा असफल हुनसक्ने कुरालाई नकार्न पनि सकिदैन । धन्यवाद ।

Facebook Comments Box
TOP