कोरोना संक्रमणबाट गुल्मीका एक शिक्षकको मृत्यु, प्रदेश मन्त्रालयद्वारा पुष्टी
बुटवल : कोरोना भाइरस संक्रमण भइ बुटवलको एक अस्पतालमा उपचार गराइरहेका एक शिक्षकको मृत्यु भएको छ ।
गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।
सामाजिक विकास मन्त्रलयले श्रद्धान्जली दिंदै ‘उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं’ भनेको छ ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले कंगे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहनुभएका उहाँको निधनले अपुरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।
लामो समयदेखि जन्डिसको बिमारी रहेका उनलाई गाँउका स्थानीय स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।
गाँउमा गरेको उपचारले निको नभएपछि उनलाई सन्धीखर्क ल्याईएको थियो । सन्धीखर्कको छाया पोलिक्लिनकमा जाँच गराउन छिरेका उनलाई त्यहाँ उपचार सम्भव नभएको भन्दै बुटवल रिफर गरिएको थियो ।
जेठ १ गते क्रिमसन अस्पतालमा उपचार गराउन आएका ती व्यक्तिमा सोमबार कोरोना पुष्टि भएको हो । जन्डीसले थलिएका उनलाई १ गते आईसियुमा राखेर उपचार शुरु गरिएको थियो ।
उनको अवस्था सुधार नभएपछि २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।

समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


