कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : बाँकेका युवकको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टी

काठमाडौँ : नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
भारतबाट बैशाख ३० गते आएका उनलाई बेलैमा उपचारका लागि अस्पताल नलगिएकाले मृत्यु भएको स्थानीयले बताएका थिए । लगातार दुई घन्टा वान्ता गरेका उनको बिहान ४ बजे मृत्यु भएको थियो । मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…