नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्यो

काठमाडौं : नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता डाक्टर देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना ४५ वर्षीया पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीया पुरुष, पर्साको वीरगञ्जका २५ वर्षीया पुरुष, पर्सा स्थायी घर भएका बारामा रहेका ३४ वर्षीया पुरुष, पर्साका ६० वर्षीया पुरुष, रौतटह स्थायी ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीया पुरुष रहेका छन् ।
त्यस्तै सर्लाही हरीपुरका ४८ वर्षीया पुरुष, रुपन्दीहीका ४० र ५० वर्षीया दुईजना पुरुष, दुपन्देही का ३२ वर्षीया पुरुष, काठमाडौं सोह्रखुटेका ६९ वर्षका पुरुष, नुवाकोट ककनीका ३९ वर्षीया पुरुष रहेका छन् ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका २३,३० र ४० वर्षीया पुरुषहरु,कपिलवस्तुका ३ जना पुरुषहरु ३५,३७ र ५२ वर्षीया पुरुषहरु, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीया पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ ।
जसमध्ये पुरुषहरु ५ सय २४ जना र महिलाहरु ७९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् ।
नुवाकोटमा संक्रमित भेटिएसँगै कोरोना संक्रमण देखिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…