स्याङ्जामा आरडिटी पोजेटिभ देखिएका व्यक्ति सहित १६ जनाको पिसिआर परिक्षणको नतिजा आयो
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा आरडिटी पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परिक्षणको नतिजा सार्जजनिक भएको छ । भारतबाट आएका गल्याङ नगरपालिका ८ का उक्त व्यक्तिको कोरोना पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएको हो । उनी सहित १६ जनामा नै कारोना नभेटिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
गण्डकी र ५ नम्वर प्रदेशको सिमाना राम्दीमा परिक्षणका क्रममा आरडिटी पोजेटिभ पाईएको थियो । गल्याङ नगरपालिकाको क्वारेन्टाईनमा रहेका उनको हिजो स्वाव संकलन गरि परिक्षणका लागि पोखरा पठाईएको थियो । उनीसँगै स्याङजाबाट १६ जनाको कोरोना भाईरस पिसिआर परिक्षणका लागि पठाईएको थियो । भारतबाट ११ जनाको समुह आएको थियो, उनीहरु मध्ये १ जनामा कोरोना परिक्षण आरडिटी पोजेटिभ पाईएको थियो । पछिल्लो समयमा भारतबाट नेपालीहरु आउने क्रम बढेको भन्दै उनीहरुलाई व्यवस्थापन गर्ने काम भईरहेको नगरपालिकाहरुले जनाएकाछन् ।
त्यस्तै भीरकोटको क्वोन्टाईनमा बसेका ९ जना र वालिङको क्वारेन्टाईनमा बसेका ६ जनाको पनि नतिजा नेगेटिभ आएको छ ।
यसैबीच मृतकको भने पिसिआर परिक्षणको नतिजा आउन बाँकी रहेको छ ।
यता स्याङजाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जिल्लामा बाहिरबाट मान्छे आउने क्रम जारी रहेकाले सचेत रहन सबैलाई आग्रह समेत गर्नु भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


