कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ।
शुक्रबार बिहान ७ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट तीन लाख तीन हजार ३ सय ४१ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ४५ लाख २४ हजार ४ सय ७४ पुगेको वर्ल्डओमिटरले जनाएको छ।
गएको २४ घण्टामा कोरोनाको कारण विश्वभर ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ भने ९४ हजार ९ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्मको तथ्यांकअनुसार १७ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। २५ लाख १७ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ४५ हजार ५ सय ७३ जना बिरामीको अवस्था गम्भीर छ।
गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ८६ हजार ९ सय १२ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ५७ हजार नाघेको छ। हिजो एकै दिन त्यहाँ झण्डै २६ हजार नयाँ संक्रमित थपिएका छन्।
त्यसैगरी भारतमा गएको २४ घण्टामा ९८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ।
भारतमा बिहीबार एकै दिन ३ हजार ९ सय ४२ जना संक्रमित भएका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


