नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको संख्या १ सय ९ पुगे
नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय ९ पुगेको छ । उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक जना गरि ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना पुरुष तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष गरि थप ७ जनामा कोरोना पुष्टि भएको हो ।
.
Facebook Comments Box
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…