जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकको मृत्यु, तीन बिरामी
अर्घाखाँची- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।
मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा, देउरानी लक्ष्मी महत्रा बिरामी छन् । तीनै जनाको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । समस्या जटिल देखिएपछी बुटवल रिफर गरीएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । उनका अनुसार च्याउ खाएर बिरामी परेका महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि खरिद गरी सेवन गरेका थिए । समस्या झन् बढेपछी मात्र उनीहरु शनिबार अस्पताल आएका थिए ।नागरिकन्युजबाट
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


