लकाडाउनको सदुपयोग : गल्याङका युवा भुषाल कृषिसँगै बाँसका सामाग्री निर्माणमा व्यस्त
टिकाराम अधिकारी :
धेरै जसो युवाहरु लकडाउनका बेलामा पनि विभिन्न ठाउँमा जम्मा हुने गफगाफ गर्ने इन्टरनेटमा समय बिताउने गरेको पाईन्छ तर स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ तल्लो गल्याङका युवा छविलाल भूषाल भने बिभिन्न सामाग्री बनाउदै समय बिताउने गर्नु भएको छ ।
भूषालले बाँस,कागज तथा गत्ताको प्रयोगबाट सुन्दर घर तथा अन्य सामाग्री बनाउने गर्नु भएको छ । फलामका काँटीको प्रयोग नगरी बस्तु निर्माण गरेको भूषालले बताउनु भयो ।
हेर्दा निक्कै सुन्दर देखिने उक्त सामाग्री घरमा सजाउनका लागि प्रयोग गर्न सकिने भूषालको भनाई छ । उहाँले दुई दिनको अवधीमा एउटा घर निर्माण हुने बताउनु भयो ।
लकडाउनको पूर्ण रुपमा पालना गर्दै सीपको समेत सहि रुपमा प्रयोग गर्ने गरेको बताउदै भूषालले दिउसोको समयमा गल्याङ ३ रोपनी खेतमा काक्रो, घिलौला, बोडी,बोडा लगाएको र घरमा मौरीपालन समेत भएकाले मौरीपालनका अलवा मौरीको घार समेत निर्माण गर्ने र आवश्यक परेमा विक्री वितरण गर्ने गरेको युवा भूषालले बताउनु भयो ।
.

उहाँले १ हजार माछापालनका लागि मान्केखोलामा पोखरी निर्माण गरेको बताउदै लकडाउनका कारण पोखरीमा माछाका भुरा हाल्न नपाएको बताउनु भयो ।
उहाँ गल्याङ बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थी समेत भएकाले विद्यार्थीहरुलाई समयको सहि रुपमा प्रयोग गर्न र सीपलाई प्रयोग गरेर राम्रो आम्दानी लिनका लागि समेत आग्रह गर्नु हुन्छ ।
हामी आजको युवा पुस्ताहरु विकृती विसङ्गती तर्फ होईन सामाजिक विकास निर्माण र सीपलाई जोडेर आम्दानी आउने बाटोमा लाग्नु पर्ने कुरा युवा विद्यार्थी भूषालले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


