चापाकोट : नगरपालिकालाई पीपीई हस्तान्तरण, घर घरमा औषधी पुर्याईयो
सुशील सुबेदी/स्याङ्जा :
कोभीड १९ कोरोना भाइरस बिरुद्ध अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाइ पिपीइ हस्तान्तरण गरिएको छ । बि एम फाउन्डेसनले २५ थान पीपीई , मास्क र सेनिटाइजर लगाएतको सुरक्षा सामाग्री चापाकोट नगरपालिकाका नगरप्रमुख शिब कुमार गिरीलाइ हस्तान्तरण गरीएको हो । लक्षित बर्ग समक्ष यी सामाग्री पुग्ने बताउँदै चापाकोट नगरपालिका अहिले सम्म कोरोनाको कुनै संक्रमण बाट संक्रमीत हुन नपरेको गिरीले बताए ।
लामो लकडाउनको कारण दिर्घ रोगका बिरामीलाइ लक्षित गर्दै घर घरमा समेत औषधी बितरण गरिएको बिएम फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए ।
राज्यले निशुल्क प्रदान नगरेको तर दैनिक सेवन गर्न पर्ने दिर्घरोगीलाइ औषधी बितरण गरीएको बताउँदै श्रेष्ठले भने ,‘दिर्घ रोगले ग्रस्त बुढा बुढी आमा बुबा अस्पत्ताल सम्म पुग्ने अबस्था छैन , उहाँहरुको पहिचान गर्दै बल्ड प्रेशरका बिरामीलाइ घरघरमै औषधी पु¥र्याएका छौँ । ’
यहाँको २ अस्पत्ताल , ५ स्वास्थ्य चौकी , २ डेण्टल क्लिनीक र २ वटा एम्बुलेन्स चालकलाइ गरी २५ थान पीपीई हस्तान्तरण गरिएको थियो । यसैगरी अग्रपंत्तिमा खटिने सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र संञ्चारकर्मी सहित चापाकोट नगरपालिकालाई के एन ९५ मास्क समेत बितरण गरेकाे छ । फाउण्डेसनले एक हजार मास्क बितरण गरेको हाे ।
फाउन्डेसनले चापाकोट नगरपालिका बाहेक कालिगण्डकी गाउँपालिका र गल्याङ नपाको रहात कोषमा २५/२५ हजार र गण्डकी प्रदेश सरकारको रहात कोषमा एक लाख सहयोग समेत गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


