नेपाली कांग्रेस चापाकोटद्धारा २ लाख भन्दा बढिको खाद्यान्न सहयोग
चापाकोट :
नेपाली कांग्रेस नगर समिति चापाकोटले नगरपालिकालाई दुई लाख भन्दा बढिको खाद्यान्न प्रदान गरेको छ । कांग्रेसले नगरपालिकाका १० वटै वडा तथा भातृसंस्थाका तर्फबाट खाद्यान्न हस्तान्तरण गरेको हो ।
कांग्रेस चापाकोट नगर सभापति रामचन्द्र पंगेनीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख शिबकुमार गिरी तथा उपप्रमुख बिमला श्रेष्ठलाई २ लाख ५ सय बराबरको खाद्यान्न हस्तान्तरण गरेको हो ।
खाद्यान्न ग्रहण गर्दै चापाकोटका नगरपालिकाका प्रमुख शिवकुमार गिरीले कांग्रेसले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले नगरबासीलाई सुरक्षित राख्न आफुहरुले ध्यान केन्द्रीत गरेको जानकारी गराउनु भयो । कांग्रेसले जनचेतना जगाउने काममा समेत सहयोग गर्दै आएको भन्दै प्रमख गिरीले अझै बढि सचेतना फैलाउन अनुरोध गर्नुभयो । सबै मिलेमा मात्रै कोरोनालाई सहजै परास्त गर्न सकिने प्रमुख गिरीको तर्क छ ।
सो अवसरमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
.


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


