नवआगन्तुक प्रजिअ क्षत्री र पत्रकारबीच परिचय कार्यक्रम

Ganga bdr Chhetree


भवानी अधिकारी/स्याङजा :

स्याङ्जामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारीमा गंगाबहादुर क्षत्री र सदरमुकाम स्थित पत्रकारबीच अन्र्तक्रिया एवं परिचयात्मक कार्यक्रम भएको छ ।

कार्यक्रममा बौल्दै प्रजिअ क्षत्रीले जिल्लाको समग्र विकासका लागि पत्रकार र कर्मचारीबीचको सम्बन्ध राम्रो बताउनुपर्ने बताउनुभयो । बर्तमान अवस्थामा सबैको सहयोगले मात्र महामारीको रुपमा फेैलिएको कोरोना जस्ता भाररससंग लड्न सकिने बताउदै हातेमालो गर्दे अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निेर्देशक डा. बिनोदबिन्दु शर्माले कोरोना भाइरसका सम्बन्धमा पत्रकार जगतले खेलेको भूमिका उल्लेख्य रहेको जनाउदै पत्रकारहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले जिल्लाको पत्रकारिताका अवस्थाका बारेमा जानकारी गराउदै कोरोना बिरुद्धको अभियानमा स्थानीय तह, सरकारी निकाय लगायत सबैसंग समन्वय गर्दे अघि बढ्ने बताउनुभयो । परिचयात्मक कार्यक्रममा सदरमुकाम स्थित क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

आँधीखोला गाउँपालिका वडा नं ५ सेतीदोभानमा जन्मघर भएका प्रजिअ क्षेत्रीले शुक्रवारदेखि प्रशासनिक जिम्मेवारी सम्हाल्नुभएको हो । प्रजिअ रामबहादुर कुरुम्वाङको बाँके सरुवाभएपछि रिक्त रहेको प्रजिअमा क्षत्रीलाई जिम्मेवारी दिइएको हो । उहाँ इलाका प्रशासन कार्यालय तुल्सीपुर दाङबाट सरुवा भई आउनुभएको हो ।

Facebook Comments Box
TOP