लकडाउन १५ दिन थप, अव जेठ २० सम्म लकडाउन हुने
काठमाडौं : सरकारले लकडाउन जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ। आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै थप १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो।
चैत ११ गतेदेखि निरन्तर रुपमा लकडाउन गर्दै आएको छ। सरकारले यसअघि विभिन्न चरणमा पाँच पटक लकडाउन थप गर्दै निरन्तरता दिइरहेको छ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप गर्ने सिफारिस गरेको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …