तीन वर्षदेखि रोकिएको काम लकडाउनमा सुरु

bridge_virkot

स्याङ्जा : भीरकोट नगरपालिकाको लकडाउनको समयलाई सदुपयोग गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिँदै सम्पन्न गर्नेतर्फ उन्मुख छ। नगरको मुख्य प्रशासनिक भवन र आरसीसी पुल निर्माण कार्यलाई लकडाउनमा पनि जारी गरिएको छ। भीरकोट १ दार्सिङ् भर्लाकुनामा निमार्णाधिन प्रशासनिक भवन लकडाउनमा पनि निर्माण कार्यले तिव्रता पाएको छ। झण्डैं ३ वर्षअघि डिपिआर तयार भएर पनि निर्माण कार्य सुरु हुन नसकेको आँधीखोला करिडोरको बगरेबजारमा निर्मित मोटरेवल पुलको ढलान पनि यही अवधिमै सकिएको छ।

लकडाउनका कारण जताततै काम ठप्पै रहेका बेला यहाँ कार्यरत कामदारले भने सामाजिक दुरी कायम राख्दै कामलाई निरन्तरता दिएका हुन। प्रशासनिक भवनको निर्माण कार्य सकिएर रंगरोगनका काम चलिरहेको छ। दिनहुँ १०/१२ जनाले भवनका भित्र र बाहिरका काम गर्ने गरेका छन्। कामको खोजीमा जिल्ला बाहिरबाट आएका केही कामदार घर फर्के भने केही यहीं छन्। दाङ, बर्दियालगायतका कामदारहरु निर्माणाधिन सोही भवनमा आश्रित  छन्। लकडाउनका बेला पनि नियमित काम पाएकोमा भने कामदारहरु खुशी देखिन्छन्।

स्याङ्जाको मध्य भागमा रहेको भीरकोट नगरपालिका भवन झण्डै डेढ वर्षअघि शिलान्यास भएको हो। यही गतीमा काम हुने हो भने तोकिएको समयमै काम समिने वडाअध्यक्ष दिपेन्द्र केसीले भने। उनले भने ‘निर्माणका ८५ प्रतिशत भन्दा बढीका काम पुरा भएको छ।’सिद्धार्थ राजमार्ग छेवैमा रहेको करोडौं मूल्य बराबरको जमिन यहाँका स्थानीयबासीले निशुल्क उपलब्ध गराएपछि पालिकाको प्रशासनिक भवन निर्माणमा जुटेको हो। विकासप्रेमी र मनकारी नगरबासीकै कारण स्थानीय तहको संरचनापछि सबैभन्दा पछि घोषणा भएको नगरपालिकाले सबैभन्दा पहिले प्रशासनिक भवन निर्माणमा जुट्न सफल भएको नगरप्रमुख छायाँराम खनालको भनाई छ। 

करिब १० करोडको इष्टिमेट रहेको भवन निर्माणमा ठेकेदार कम्पनीमा २२ प्रतिशत कम मूल्यमा ठेक्का सम्झौता गरेको छ। फेवा गजिन्द्र भे.भी. कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको छ। दुई वर्षमा सक्नेगरी जिम्मेवारी तोकिएको निर्माण कम्पनीले तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने जनाएको छ। समपुरक अनुदान (संघ र स्थानीय) तह अन्र्गतको प्रशासनिक भवन निर्माण गरिएको हो। संघीय सरकारले हालैमात्र संघीय सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत १ करोड रुपैंया बिनियोजन गरेको छ।  भीरकोट नगरपालिकको अहिलेसम्म साढे ३ करोड, गण्डकी प्रदेशबाट १ करोड र जिल्ला समन्वय मौज्याद कोषबाट ६२ लाख रुपैयाँ रुपैंया खर्च भएको र बाँकी रकम अझैं अपुग भएको नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए।

चार रोपनीमा क्षेत्रफलमा निर्माणाधीन प्रशासनिक भवन दुईतलाका हुन्छन। भवनमा ३२ कोठासहित अत्याधुनिक सेमिनार हल राखिने भएको छ। सिद्धार्थ राजमार्गबाट ३ सय मिटर पूर्वतर्फ रहेको छ। यसैगरी, आ.ब. २०७३/०७४ मा डिपिआर तयार भएर पनि विविध राजनीतिक कारण देखाउदै निर्माण प्रक्रिया सुरु हुन नसकेको पुलको पनि लकडाउनकै समयमा ढलान पुरा भएको छ। लकडाउनको पूर्ण पालना गर्दै भीरकोट नगरपालिका ५ र ६ जोड्ने आधीखोला करिडोरको बगरेबजार स्थित लुब्धीखोलामा मोटरेवल पुलको ढलान काम सकिएको नगरप्रमुख छायाराम खनालले बताए। आ.व. २०७६/०७७ को माघमा २ करोड २५ लाखमा विवेक एण्ड कुवेर विल्ड्रस प्रालिसँग सम्झौता भई काम शुरु भएको हो। समय अगावै निर्माण सकिने निर्माण कम्पनीले जनाएको छ।   

Facebook Comments Box
TOP