बिदेशबाट फर्किएका चापाकोटका भैंसी पालक भन्छन् “असली कृषकलाई कसैले चिन्दैनन्।”
दिबस भण्डारी/चापाकोट :
बैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका स्याङ्जा चापाकोट नगरपालिका वडा नम्वर १० भुमरीघाटका यमप्रसाद भूसाललाई लाग्यो यस्तो परिश्रम नेपालमा नै गर्ने हो भने पक्कै पैसा कमाउन सकिन्छ, दैनिक कडा परिश्रम गर्दा पनि चित्त कुझ्दो पारिश्रमिक पाउन नसकेपछि उहाँ गाउँ फर्कने निर्णय गर्नुभयो ।
आफ्नै गाउँ चापाकोटमा आएर भैसी पाल्न शुरु गर्नु भएका भुषाल अहिले दैनिक ४०÷५० लिटर दुध बेच्दै आउनु भएको छ । ५ बर्षै बैदेशिक यात्रालाई त्यागेर नेपाल फर्किएका भूषाल शुरुमा भैसी पालन गर्छु भन्दा धेरैले सफलता नमिल्ने भन्दै हतोत्साहित मात्रै गराएका उहाँको सम्झना छ । भैसी पाल्न शुरु गरेको ३ बर्षको अवधीमा सहयोग गर्ने बचन सबै तिरबाट पाएको भए पनि चित्त बुझ्दो सहयोग कसैले नगरेको उहाँको दुखेसो छ । चापाकोट नगरपालिका कै राम्रा कृषकमा गनिनु हुने भूषालले १० वटा भैसी र १ गाई पाल्नु भएको छ । कतैबाट सहयोग पाएमा आफुले भैसीको संख्या बढाउन चाहेको बताउदै भूषालले भन्नुभयो, परिवारका सदस्यहरु मिलेर काम गरिरहेको बताउनु भयो ।
लकडाउनका कारण दाना,चोख्कर,बरान जस्ता भैसी तथा गाईलाई खुवाउनका लागि आवश्यक पर्ने सामाग्री नपाएको गनुशो भुषालको छ । कतिपय सामाग्रीहरु महङ्गोमा खरिद गर्नु पर्ने अवस्थामा पुगेको भूषालका गुनाशो छ ।
बैंकको ऋण, दाना महँगो र दूध बेच्न कठिन परिरहेकाले व्यवशायलाई कसरी निरन्तरता दिने भन्नेमा चिन्ता परिरहेको उहाँको भनाई छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


