प्रदेश सांसद मल्लद्वारा सांसद विकास कोष कटौतीको माग (भिडियो सहित)

प्रतीक्षा काफ्ले/गण्डकी : गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले सांसदलाई अब रकम नदिन माग गर्नु भएको छ । मल्लले सांसदका लागि दिइने रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारलाई सुझाउनु भयाे ।
मंगलबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद मल्लले सांसदको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम नै कटौतीको माग गर्नु भएको हाे। उहाँले एउटा रोगले विश्व नै संकटमा परेका बेला स्वास्थ्य संरचना र स्रोतसाधनको अभावलाई मध्यनजर गर्दै सरकारले ठूलो रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएकाे हाे ।
गण्डकी प्रदेश सरकारले पहिलो वर्ष सांसदका लागि रकम छुट्याएको थिएन । व्यक्ति केन्द्रित बजेट ल्याउनु हुँदैन भनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदका लागि बजेट दिएनन् । आव २०७६/७७ मा भने सांसदको माग पनि रहेको र केन्द्रीय सांसदले पनि आफ्ना लागि बजेट छुटाएको बताउँदै प्रदेशले ३६ निर्वाचन क्षेत्रलाई ७२ करोड रकम छुट्याएको थियो ।
प्रदेशसभा सदस्यले कोरोना भाइरसका कारण मुलुकमा परेको असरका बारेमा बोलेका थिए । उनीहरूले कोरोना संक्रमण रोक्न प्रदेश सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
यसैगरी रुकुम पश्चिममा भएको जातीय विभेदबारे पनि सांसदहरूले बोलेका थिए । कान्तीपुर दैनिकबाट
.
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…