प्रदेश सांसद मल्लद्वारा सांसद विकास कोष कटौतीको माग (भिडियो सहित)
प्रतीक्षा काफ्ले/गण्डकी : गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले सांसदलाई अब रकम नदिन माग गर्नु भएको छ । मल्लले सांसदका लागि दिइने रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारलाई सुझाउनु भयाे ।
मंगलबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद मल्लले सांसदको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम नै कटौतीको माग गर्नु भएको हाे। उहाँले एउटा रोगले विश्व नै संकटमा परेका बेला स्वास्थ्य संरचना र स्रोतसाधनको अभावलाई मध्यनजर गर्दै सरकारले ठूलो रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएकाे हाे ।
गण्डकी प्रदेश सरकारले पहिलो वर्ष सांसदका लागि रकम छुट्याएको थिएन । व्यक्ति केन्द्रित बजेट ल्याउनु हुँदैन भनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदका लागि बजेट दिएनन् । आव २०७६/७७ मा भने सांसदको माग पनि रहेको र केन्द्रीय सांसदले पनि आफ्ना लागि बजेट छुटाएको बताउँदै प्रदेशले ३६ निर्वाचन क्षेत्रलाई ७२ करोड रकम छुट्याएको थियो ।
प्रदेशसभा सदस्यले कोरोना भाइरसका कारण मुलुकमा परेको असरका बारेमा बोलेका थिए । उनीहरूले कोरोना संक्रमण रोक्न प्रदेश सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
यसैगरी रुकुम पश्चिममा भएको जातीय विभेदबारे पनि सांसदहरूले बोलेका थिए । कान्तीपुर दैनिकबाट
.
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


