रेशम विकास कार्यक्रम अन्तर्गत वालिङमा निशुल्क मौरी घार वितरण
वालिङ :
रेशम विकास कार्यक्रम कार्यालय मार्फत कृषकलाई वालिङमा निशुल्क तालिम र मौरी घार वितरण गरिएको छ । वालिङमा रहेको रेशम विकास कार्यालयमा रेशम खेती अलवा मौरी र च्याउ खेतीलाई समेत कृषकलाई आकर्षण गराउन विभिन्न तालिम र अनुदानका कार्यक्रम अन्तरर्गत विहिवार वालिङका १६ जना कृषकलाई निशुल्क तालिम र मौरी घार वितरण गरिएको रेशम विकास कार्यक्रमका वरिष्ठ अधिकृत विनोद हमालले जानकारी दिए ।
.

तालिम रेशम विकास कार्यक्रमका वरिष्ठ अधिकृत हमालले सहजीकरण गरेका थिए । मौरीको हेरचाह कसरी गर्ने र आधुनिक घारवाट मह उत्पादन र यसको फाइदा वेफाइदाका वारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा हमालले नेपालका जुनसुकै क्षेत्र मौरी पालनका लागि उपयुक्त भएकाले मौरी पालन व्यवसायीक रुपमै गर्न सहभागिलाई आग्रह गरेका थिए । उनले भने ‘अरु क्षेत्रजस्तो मौरीपालनमा श्रम गर्नुपर्दैन । प्राय सबै काम मौरीले नै गर्छ,’ ।
मौरी पालन महका लागि मात्र नभई मौरीले परागसेचन बढाई बालीको उत्पादनमा समेत वृद्धि हुने हुनाले कृषिमा समेत यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए । महलाई औषधीको रुपमा प्रयोगमा ल्याइने भएकाले सामान्य घर परिवारले एक घार भएपनि मौरी पालन गर्न सुझाव दिएका थिए ।
वालिङ १ यवादीमा रहेको रेशम विकास कार्यक्रम अन्तर्गतको कार्यालय भित्रै विभिन्न जातका र विभिन्न ठाँउका मौरीको अनुसन्धान गरिरहेको समेत जानकारी दिए । यस कार्यक्रम अन्तर्गत रेशम खेती, च्याउ, मौरी र अन्य कृषिका कार्यक्रमहरु सन्चालन गरिरहेको जनाएका छन् । झण्डै दश हजार पर्ने मौरी घार र मौरी हेरचाह र सुरक्षाका सामाग्रि विशेष अनुदानमा उपलव्ध गराएका छन् । चिउरी खर्क मौरी घार उद्योगमा निर्मित आधुनिक घार १६ जना कृषकलाई निशुल्क प्रदान गरिएको थियो भने औजार र सुरक्षाका सामाग्रि ७० प्रतिशत अनुदानमा उपलव्ध गराइएको कार्यालयले जनाएको छ ।
तालिममा सहभागीहरुले मौरी पालन व्यवसायिक रुपमा सन्चालन गर्न सकिने खालको तालिमको माग समेत गरेका थिए ।
.

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


