बार्सीलोनाको शिर टिविदाबोबाट वालिङको वाहुनथानलाई हेर्दा


अर्पण तिवारी : खै किन अचेल मलाई एक किसीमको माद चढेको छ । ड्रग्स, अल्कोहल, गाँजाको नशाले लठ्ठ भएजस्तै वालिङ बाहुनथान स्पेन बार्सिलोनाको टिविदाबो जस्तै लाग्न थालेको छ । नसामा डुबेको मानिसले होस गुमाएजस्तै मैले आफ्नो होस गुमाउदै बाहुनस्थानलाई बार्सिलोनाको टिविदाबो भन्दा हजारौ गुणा राम्रो देख्न थालेको छु । यर्थाथमा यी दुइ शहरहरु दाज्नुलाई पागलपन भन्दा फरक पर्दैन, तर कल्पनामा बाहुनथानलाई बार्सिलोनाको टिविदाबोजस्तै चर्चित र विकसित गराउन सकिन्छ भनेर नाच्न पाउने मलाई छुट छ ।
बार्सिलोनाको प्लासा इस्पानिया चोकमा म बस्छु । इस्पानिया चोक मा बार्सिलोना शहरभित्र कुद्ने सवै सवारी साधन जोडिएको छ । त्यस्तै बार्सिलोना सहरलाई नजिकका बाहिरी गाउ अर्थात नजिकैकको सहर जोड्न प्रयोग गरिने सम्पुर्ण साधनका स्टेशन पनि छन । अहिले मैले यहाँबाट मोबाइलको गुगल म्याप एपमा गएर टिविदाबो बार्सिलोना हानेपछि त्यहा जाने बाटो को विस्तृत जानकारी देखाउछ । जसमा २६ मिनेटमा टयाक्सिमा, ४५ मिनट मेटेमा, एक घण्टा १० मिनट साइकलमा, २ घण्टा हिडेर म टिविदाबो पुग्न सक्छु, मेट्रो प्रयोग गरे भने एल वान, एल थ्रि बाट , पब्लीक बस प्रयोग गरे भने भि सेभेन, १११, र फनिकुलर, केबलकार प्रयोग गरेर पनि जानसक्छु भन्ने जानकारी प्राप्त गर्नसक्छु ।
यति मात्र नभएर आफ्नै गाडि प्रयोग गरेर गएभने पार्किङ कुन स्थानमा खालि छ अथवा आफु त्यँहा पुग्ने समय तोकेर पार्किङ्ग बुक गर्न सक्छु ।

बालिङमा गएर त्यही गुगल म्याप एपमा बाहुनथान खोजे भने कच्चि बाटोमा टाटा मोटर महेन्द्र को ४५ मिनट, बाइकको ४५ मिनट र हिडेर लगभग २ घण्टामा पुगिने जानकारी बाहेक माथि उल्लेखित अरु विकल्पहरु पाउँदिन र अहिले म बसेकोे इस्पानिया चोक मा जस्तै सुविधा वालिङमा पाउन सक्दिन । यतिकाविधि फरक हुदा पनि मलाइ मेरै वालिङ, बाहुनथान धेरै उच्च लाग्न थालेको छ ।

उच्च यो मानेमा लाग्छ कि टिविदाबो यो रुपमा आउन सन १९०० बाट अहिले सम्म प्रयासरत छ, सन १९०० को सुरुवातिको टिविदाबु अहिलेको बाहुनस्थान जस्तै थियो । जसरी मस्त स्थिर निद्रामा सुतेको बार्सिलोना हेर्न मान्छेहरु हिडेर टिविदाबु जान्थे अहिले त्यस्तरीनै अहिले बाहुनस्थान जाने गरिन्छ । त्यो पुरानो रुपबाट यो रुपको टिविदाबो बन्न स्पानिसहरु १२० बर्ष खर्च गरे हामीले संकल्प गरेर दत्तचित्त भै लागे बाहुस्थान बार्सीलोनाको टिविदाबो जस्तै बनाउन त्यत्रो समय अवस्श लाग्ने छैन ।
बाहुनथानले वालिङको फाट मा बैसले मक्त स्वरुप र जवानी छचल्काउदै हिडेकी युवतीको चालमा चलेकी आधीखोलाको विस्माद रुप एक टकले हेरे जस्तै यो बार्सिलोनाको टिविदाबोले पनि सुतिरकेको बार्सिलोनाको लम्बाइ समुन्द्रको क्षितीजसम्म एक टकले नापिरहन्छ । टिविदाबो बार्सिलोना सहर वरीपरिका क्षितीजहरु सगै देखिने चुचुराहरुमध्ये एक हो । यो टिविदाबो कोल्लसेरोलो पर्वत श्रंखलाको अग्लो टाकुरो हो । बार्सिलोनाका हरेक कुनाहरुबाट देखिने एक मात्र चुचुरो टिविदाबो हो । यो समुन्द्रि सतहबाट ५१२ मि. अर्थात १६८० फिट उचाइमा अवस्थित छ र टिविबाबो पार्क लगभग सात हेक्टरमा फैलिएको छ ।
इतिहास पल्टाएर हेर्दा टिविदाबोमा सन १८०६ मा नै टेम्पल दे साग्रात कोर चर्च भएपनि १९०१/१९०२ तिरबाट यसको पुरुत्थान तथा पुर्णरुप दिन सुरु गरेको पाइन्छ । Enric Sagnier I Villavechhia ले यस चर्चको रुप बदल्न सुरु गरे र करिव ६० बर्षको अथक प्रयास पछि उनका छोरा Josep Maria Sagnier I Vidal ले सन १९६१ मा हाल टिविदाबो मा रहेको टेम्पल अफ टिविदाबो को रुप दिए । सन १९०० ताका सम्म टिविदाबो पनि अहिलेको बाहुनथान जस्तै एउटा डाँडाको रुपमा मात्र सिमीत थियो । अहिले बााहुनथानमा जसरी हप्ताको एक दिन थकान मेट्न, मन बहलाउन, प्रकृतिलाई महसुस गर्न गइन्छ त्यसरीनै सन १९०० ताका यहाका मानिसहरु शनिबार हप्ताभरीको थकान मेट्न, हावा खान टिविदाबो गएको पाइन्छ ।

.


त्यही ताका बार्सिलोनाका फार्मास्युटिकल उद्यमी साल्भादोर एन्ड्रेउको मनमा एक किसिमको विचार जाग्यो, त्यो डाडाका वरीपरीको भागलाई शहर र डाँडालाइ पार्ककोरुपमा विकास गर्ने कल्पना गरे । सन १९०५ मा एउटा पार्कको स्थापना गरियो । यहि टिविदाबोमा रकेको पार्क अहिले सम्म पनि भौतिक निर्माण को क्रममा नै छ जुन आधुनिक सुविधा र विकास सगै जोडिएका सवै प्रविधि सगं यस पार्कलाई जोड्ने काम हालसम्म पनि रोकिएको छैन ।
निमार्णाधिन यो पार्क अहिलेसम्म कार्यरत निमार्णाधिन विश्वको सबैभन्दा पुरानो पार्क हो । स्पेनमा मनोरंजन पार्क को रुपमा यो सवैभन्दा पुरानो पार्क हो र यो युरोपको तेस्रो पुरानो पार्क पनि हो । टिविदाबो बार्सिलोनाको पर्यायबाचि पार्क हो भन्दा फरक पर्दैन । घुम्ने प्रयोजन ले जो बार्सिलोना आएको हुन्छ उसको डायरीमा पहिले नै टिविदाबोको लेखिइसकेको हुन्छ । बार्सिलोना जस्ले टेकेको हुन्छ त्यसले टिविदाबो देखेकै हुन्छ र त्यहा जाने रहर मनमा नपलाउने कुरै हुदैन अझ भनौ टिविदाबो गएन भने बार्सिलोना गएको मजा नै आउदैन र पुरै बार्सिलोना देख्ने मनको रहर अपुरो हुन्छ । ग्लोबल डेस्टिनेशन सिटिज इन्डेक्स २०१९ लाइ आधार मान्दा बार्सिलोना लाई विश्वमा धेरै मानिसहरुले भ्रमण गर्ने १७ औ शहरको रुपमा मा पाइन्छ । त्यस्तै युरोपमा हेर्दा बार्सिलोनालाई छैटौ स्थानमा पाइन्छ । पछिल्लो बर्षमा यँहा ९.९ मिलीएन पर्यटकहरुले भ्रमण गरेको पाइन्छ । बार्सिलोना आउने प्रत्यक पर्यटक हरु टिविदाबु पुगेका हुन्छन् । टिविदाबु विश्वसामु परिचित छ । यस अवस्थामा रहेको टिविदाबोसगं बाहुनथान लाई जाद्दै गर्दा पनि भविश्वमा टिविदाबोमा भन्दा धेरै पर्यटक बाहुनथानमा आउने निश्चिततामा हार खाएको छैन ।
बाहुनथान वालिङको शिर हो । बार्सिलोनाका हरेक कुनाबाट टिविदाबो देखिएजस्तै वालिङको हरेक कुनाबाट बाहुनथान देखिने गर्छ । बाहुनथान साच्चि स्वर्गको एउटा टुक्रा हो । यसको इतिहास हेर्दा बाइसे चौविसे राज्य सगं जोडिएको पाइन्छ ।

.


बाइसे चौविसे राज्यको पालामा बाघखोर राज्य एक शक्तिशालि राज्य थियो र त्यसका राजा हिक्मतबहादुर खाँण रहेको पाइन्छ । खाँण को अल्पायुको निधनले उनकी श्रीमति ले राज्य चलाएको पाइन्छ । बाहुनथान क्षेत्र पनि बाघखोर राज्य अन्तर्गत नै पथ्र्यो । श्रीमति खाँण प्रजाहरुलाई माया गर्ने स्वभावकी रहेकी हुनाले उनले सो ठाँउ प्रजाको लागि गौ चरनको रुपमा घोषण गरेको पाइन्छ । त्यस्तै सो ठाँउको रेखदेख तथा पुजाआजा बाहुनजातलाई सुम्पेको र बाहुन ले पुजा गर्ने ठाँउ भन्दा भन्दै बाहुनथान भएको किंवदन्ति बुझ्नमा पाइन्छ । बाहुनथान समुन्द्रि सतहबाट १११५ मिटर को उचाइमा रहेको छ र हाल स्याङजा जिल्ला बालिङ न.पा भित्रको वडा नम्वर ११ मा समाबेस छ ।
हाल वालिङ नगरपालिकाले बाहुनथानलाई एक महत्वपुर्ण पर्यटक स्थानको रुपमा विकसित गर्दै लैजाने योजनाहरु अगाडि सारेको छ । टिविदाबो र बाहुनथानको एउटै विशेषता भनेको यसको भिजिविलीटि हुन । यी दुइ टाकुरा को गइराइ नाप्ने उत्तम आधार पनि यही हो । बार्सिलोनाको टिविदाबो भन्दा बाहुनथानबाट देखिने भिजिजिलीटि अपार छ । टिविदाबो बाट देखिने भिजिविलिटि बार्सिलोना सहर सगै समुन्द्र सागर को क्षितिज मा गएर विलिन हुन्छ ।


“बाहुनथानबाट देखिने भिजिविलिटि नागबेलि चालमा चलेको आधिखोलाको चाल सगै सिदार्थ राजमार्गमा दौडेका सवारी साधनको गतिसगैं र भुम्रेबाट पर्बत हुवास तिर, मिर्दी बाट जगत,चापकाकोट रामपुर , त्रीयासी बाट मनकामना, बयरघारीबाट ढापुक हिडदै गरेका सवारी साधनको गतिसगै हिड्छ अनि हरिया डाडा तिर सर्दै जान्छ । एउटा डाडामा धित मरुन्जेल हेरेर सकिएपछि अर्को डाडामा सुरुहुन्छ ।”


भिजिविलिटि आखाँबाट सर्दै जादा सवैजसो डाडामा कोरिएका सडकका विकास रेखा दुरुन्त नजिकैबाट देखिए जस्तो हुन्छ । अनि तिनै हरीयो डाडाँहरु देख्दा आखाले साच्चि न्याय पाएको अनुभव हुन्छ । एकतिर हेरेर सकेर अर्को विपरित दिशातिर पर्केर हेर्दा सेतो हिमाल ले आफ्नो हिस्सि परेको दात देखाउदै हासेजस्तै आफुसगै विस्माद रुपमा हास्न भनिरहेको हुन्छ । एक्लो स्वामी सगं बरीपरिका बनजगंल बाट निस्कीने हावाले बरीपरि भएका चराहरुको स्वर सगै उनिहरुकै शान्त भावमा गित गाउ भन्छ । साचि बाहुनथानमा गएर आफुलाई एकछिन उभ्याउदा आफुलाई नै खोज्न मुस्किल हुन्छ , जो कोहि पनि प्रकृति सगै हराउछ अनि प्रकृतिको विस्माद स्याद चाख्न लिप्त हुन्छ । आफ्नो संसार भुल्छ मानौ कि उ अहिले स्वर्गमा पुगेको छ ।
.

बाहुनथानबाट देखिने खुल्दै गरेको वालिङ

बार्सिलोना बसेर टिविदावो हेर्दा अनि बाहुनथान सम्झिदा हामी साची अपराधी हौ जस्तो लाग्न थालेको छ । हामीले बाहुनथानको मर्म, महत्व, र यसले दिन सक्ने दिर्घकालीन फाइदा बुझ्न कन्जुस्याइ गरेका छा जस्तो लाग्छ । बाहुथानमा प्रसस्त सम्भावना हरु छन । बालिङबाट बाहुनथान सक्म केवलकार को सम्भावना छ । बाहुनथानमा रहेका आपसी डाडा हरुलाइ जोडन फनिकुरको सम्भावना पनि उत्तीकै छ । डाडामा एक सुविधासम्पन्न पार्क बनाउन सकिनेछ । बाहुनथान सगैं जोडिएका बरीपरिका डाडाँहरुमा स्टार होटल हरु बनाउनका लागि प्रशस्त जमिनहरु पनि छन । बालिङ लाइ एकटक ले हेरिरकेको ढुङ्गगाहरुतर्फ को भिरमा माउंटेन क्लाइंविङ्ग तथा रक क्लाइविङ्ग गराउन सकिनेछ ।


बाहुनथानको डाडाहरुमा एडभेन्चर साइकलिङ गराउन सकिनेछ । डाडाको एउटा कुनामा आधुनिक पार्किङ्ग स्थापना गर्न सकिनेछ । एउटा डाडा बाट प्याराग्याइडिङ्ग गर्न सकिनेछ । भुपु पुल तर्ने वित्तिकै आर्कषक सिडिहरु बाहुनथान सम्म निर्माण गर्न सकिने छ जसले ट्रेकिङको स्वाद चखाउनेछ । यति सभ्वानवा पुरा गरीशक्दा बाहुनथानले एक किसीमको रुप फेरिसकेको हुनेछ ।
बयरघारी देखि भुम्रे सम्म आधुनिक शानो आकारको ड्याम गराउन सकिने छ जस्मा विस्माद रुपमा हाते डुगांहरु चल्नेछन र त्यसैको किनारामा छातासिहतका होटल व्यवसाय स्थापना गर्न सकिने छ । साना खालको डयाम निर्माण सगं वालिङको बजार पनि विस्थापित हुने छैन । पाठखोलादेखि भुम्रे, मिर्दी रामबाच्छा हुदै वयरघारी बौरेबजार सम्म बजार एक तमासले जोडिने छ । यो सगैं मिर्दीबाट जगतका फेदसम्मको बजार पनि यसैमा मिसीन आउने छ र रामबाच्छा त्रियासी रत्ने को बजार पनि यो वालिङ शहरमा जोडिने छ यति हुदासम्म भौगोलिक आकारको रुपमा वालिङ बार्सिलोनाको भाइ भन्न सकिने अवस्थामा आउने छ ।
भौगोलिक रुपमा मेट्रो ट्रेन रेल त्यति उपयुक्त नभएपनि सुविधासम्पन्न नगरबसहरुले वालिङका एक ठाँउबाट अर्को ठाँउ सम्म सहज रुपमा जोड्न सकिने छ । यो सवै हुनको लागि अव मात्र टिविदाबो को परिकल्पाना गर्ने साल्भादोर एन्ड्रेउ जस्तै बाहुनथानलाई टिविदाबो बनाउने अर्को एन्ड्रउको खाँचो छ । अहिले विकसित भएका भौतिक निर्माण का चामत्कारीक आविश्कारहरुले बाहुनथानलाई अर्को टिविदाबो को रुप दिन १२० बर्ष अवश्व लाग्ने छैन । यति भैसक्दा वालिङ बार्सिलोना भन्दा संसारमा चर्चित हुने छ, ग्लोबल डेस्टिनेशन सिटिज इन्डेक्स मा वालिङ बार्सिलोना भन्दा अगाडि अवश्य आउनेछ ।
जय वालिङ । जय बाहुनथान ।

Facebook Comments Box
TOP