नागरिकको पिडामा उच्च अदालतका न्यायाधीस डुम्रेको साथ, एक महिनाको तलव यसरी लाग्यो भाग
आँधीखोला खबर/स्याङजा :
पाटन उच्च अदालतका न्यायाधीस अनन्तराज डुम्रेले एक महिनाको तलवलाई भाग लगाएर नागरिकको सेवामा लगाउनु भएको छ । डुम्रे बन्धु समाजका संरक्षक समेत रहनु भएका न्यायाधीस डुम्रेले केही समय पहिले लकडाउनका कारण काम नभए पछि घर फर्कदै गरेका पैदलयात्रीहरुलाई खाना खुवाउनु भएको थियो । उहाँले डुम्रे बन्धु समाज मार्फत खाना खुवाउनु भएको हो । त्यस्तै कोरोनाको रोकथामका लागि पहिलो लाईनमा रहेर नागरिकको सेवा गरिरहेका सुरक्षाकर्मीलाई खाजाको व्यवस्था गर्नु भएको छ ।
न्यायाधीस डुम्रेले सामाजिक सञ्जाल मार्फत एक महिनाको तलवलाई यसरी बाड्नु भएको हो, “पहिलो सातदिनको तलब नेपालसरकारलाई, अर्काे सातदिनको वालिड नगरपालिकालाई, तेश्रो हप्ताको स्थानीय ३२ नं वडा कार्यालय मार्फत सुरक्षाकर्मीहरूलाई (काठमाडौं महानगरपालिका),चौथौ हप्ताको डुम्रे बन्धु समाज मार्फत पैदलयात्रीको खानाको लागि र बॉकी २ दिनको घरका सहयोगी लाई ।” न्यायाधीस डुम्रेको स्थायी घर स्याङजाको वालिङमा पर्दछ ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…