स्याङ्जा : सहकारीले ६०० रोपनी जग्गामा अदुवा लगायो ।
शिव खनाल/स्याङ्जा : तुल्सीभञ्ज्याङ् साना किसान सहकारी संस्थाले गल्याङ नगरपालिका ९ स्याङ्जाको झण्डै ६०० रोपनी क्षेत्रफलमा अदुवा लगाउने काम सम्पन्न गरेको छ । गल्याङ नगरपालिका ९ नंबर वडा भित्रका उमाकोट, गेझा, जामुने र बेलचौरका पाखो बारीमा अदुवा रोप्ने काम गरिएको हो । एक सहकारी एक उत्पादन अन्तर्गत किसानहरुको बाझो जग्गा भाडामा लिएर कृषि प्रविधिको प्रयोग गरि अदुवा लगाएको हो । यसले गर्दा किसानको बाझो जग्गा प्रयोगमा आएको छ र स्थानीय कृषकहरूले रोजगार पनि प्राप्त गरेका छन् साना किसान कृषि सहकारीका अध्यक्ष दल बहादुर सिंजालीले भन्नुभयो ।
साथै उक्त कार्यले नगरपालिकाको कृषि अभियानलाई सहयोग पुग्ने र कृषकहरुलाई आफ्नो जग्गामा प्रविधिको प्रयोग गरि कृषि गर्दा उत्पादन पर्याप्त प्रतिफल लिन सकिन्छ भन्ने पनि बिश्वास जगाउने कुरा वहाँले बताउनुभयो । अहिलेसम्म ७० हजार किलो अदुवा लगाईएको छ । अदुवा संगै मकै, सुर्यमुखी फूल, भिण्डी, बोडी समेत लगाएको छ । गल्याङ नगरपालिकाले पहिले नै नगरलाई मसलाजन्य बालीको पकेट क्षेत्र बनाउने घोषणा गरिसकेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


