स्याङ्जा : सहकारीले ६०० रोपनी जग्गामा अदुवा लगायो ।

शिव खनाल/स्याङ्जा : तुल्सीभञ्ज्याङ् साना किसान सहकारी संस्थाले गल्याङ नगरपालिका ९ स्याङ्जाको झण्डै ६०० रोपनी क्षेत्रफलमा अदुवा लगाउने काम सम्पन्न गरेको छ । गल्याङ नगरपालिका ९ नंबर वडा भित्रका उमाकोट, गेझा, जामुने र बेलचौरका पाखो बारीमा अदुवा रोप्ने काम गरिएको हो । एक सहकारी एक उत्पादन अन्तर्गत किसानहरुको बाझो जग्गा भाडामा लिएर कृषि प्रविधिको प्रयोग गरि अदुवा लगाएको हो । यसले गर्दा किसानको बाझो जग्गा प्रयोगमा आएको छ र स्थानीय कृषकहरूले रोजगार पनि प्राप्त गरेका छन् साना किसान कृषि सहकारीका अध्यक्ष दल बहादुर सिंजालीले भन्नुभयो ।
साथै उक्त कार्यले नगरपालिकाको कृषि अभियानलाई सहयोग पुग्ने र कृषकहरुलाई आफ्नो जग्गामा प्रविधिको प्रयोग गरि कृषि गर्दा उत्पादन पर्याप्त प्रतिफल लिन सकिन्छ भन्ने पनि बिश्वास जगाउने कुरा वहाँले बताउनुभयो । अहिलेसम्म ७० हजार किलो अदुवा लगाईएको छ । अदुवा संगै मकै, सुर्यमुखी फूल, भिण्डी, बोडी समेत लगाएको छ । गल्याङ नगरपालिकाले पहिले नै नगरलाई मसलाजन्य बालीको पकेट क्षेत्र बनाउने घोषणा गरिसकेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…