लकडाउनको मौका छोपेर स्याङ्जाको आँधीखोलाको दोहन, नियन्त्रणका लागि प्रहरी सक्रिय

आँधीखोला खबर/स्याङ्जा :
लकडाउनको मौका छोपी स्याङ्जाको आँधीखोलाको दोहन बढेको भन्दै प्रहरीले सक्रियता बढाएको छ । कोरोना रोकथामका लागि देशभर लकडाउन भईरहेको बेला आँधीखोलामा भने अबैधरुपमा बालुवाको उत्खनन र ओसारपसार भईरहेको भन्दै प्रहरीले सक्रियता बढाएको हो ।
पुतलीबजार नगरपालिका वडा नम्वर १० लामपाटा स्थित आँधिखोलामा अबैध रुपमा बालुवा उत्खनन् र ओसारपसारमा सक्रिय चार वडा ट्याक्टरलाई नियन्त्रणमा लिईएको स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेंलले जानकारी दिनुभयो ।
प्रहरीले आँधीखोलाबाट ग १ त ५९०३, ग १ त ४७६६, ग १ त ५७४० र ग १ त ४२०९ नं का ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
लकडाउनको मौका छोपी आँधीखोलाको दोहन गर्ने गर्ने क्रम बढेको भन्दै यसलाई नियन्त्रणमा लिनका लागि बिशेष सतर्कता अपनाईएको प्रहरी प्रमुख कणेंलले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…