कृषि क्षेत्रमा जोड दिदै आँधिखोला गाउँपालिका
स्याङ्जा : जिल्लाको आँधिखोला गाउँपालिका हाल किसानसंग हात्तेमालो गर्न तल्लीन भएको छ । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका (कोभिड १९) कारण देश लकडाउन भएको अवस्थामा आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेल किसानका समस्यासंगै सहकार्यमा लागि पर्नुभएको छ ।
लकडाउनको सुरुवातको अवस्थामा स्वास्थ्य सामाग्रीको अभाबमा बिदेशबाट आएका ३२ जनालाई क्वारेनटाइनमा राखी स्वायब टेस्ट गरी घर पठाएको थियो भने हाल पालिकाका सबै स्वास्थ्य चौकी एवम स्वास्थ्य कर्मीहरुलाई पिपिई,थर्मगन, किट लगाएतका सबै स्वास्थ्य सामागीहरु उपलब्ध गराएको अध्यक्ष पौडेलले बताउनुभयो ।
उहाँले भन्नृभयो लकडाउनपछि अन्य पालिकाहरुले राहत बिवरण गरेका खबरहरु बिभिन्न सञ्चार माध्यममा आएपछि हामो पालिका भित्र पनि राहतको चर्चा चलेलगत्तै पहिलो चरणमा ६ सय ३५ जनालाइ राहत बाड्यौ । पहिलो चरणमा हाफ र फुल गरी २ पकारको राहत बाडेको पालिकाले २ भन्दा बढी परिवारलाई फुल र २ वा २ भन्दा कम परिवारको लागी हाफ प्याकेजको राहत बाडेको पौडेलले जानकारी दिनुभयो । फुल प्याकेजमा ३० किलो चामल, ३ केजी दाल, २ केजी चिनी, २ लिटर तेल, २ किलो नुन र ४ वटा सावुन थिए भने हाफ प्याकेजमामा त्यही सामान हाफ राखीएको थियो ।
अति आवश्याक बिकास निमाणका कार्यहरु जस्तै खानेपानी कुलो लगाएतका निमाण कार्य संचालन गदै आएको पालिकाले हालै मात्र तरकारी उत्पादको लागी आवश्यक पर्ने २ सय टनेल ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बितरण गरेको छ । परम्परागत ढंगबाट होइन आधुनिक ढंगबाट कृषि गर्नुपर्छ भनेर पालिकाले कृषकको लागी आवश्यक पने सबै बिउ बिजन एवम कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा कृषकलाई बितरण गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।
४५ सय केजी बर्खेआलु लगाएर कृषकलाई समेत प्रोत्साहन गदै आएको पालिकाले कृषकबाट उत्पादित बस्तुको बजार प्रर्वधनको लागी फेदिखोला गाउपालिकाको सहकार्यमा पोखरामा कृषि उपज सकलन केन्द समेत स्थापना गरेर कृषकहरुलाई उचित मुल्य प्रदान गदै आएको छ ।
बिशेषतः कृषि क्षेत्रमा काम गनेहरुको लागी बिजुली,पानी,बाटो र उत्पादित बस्तुको बजारको सुनिश्चितता पालिकाले गर्ने भन्दै युवाहरुलाइ ढुक्क भएर कृषि क्षेत्रमा काम गर्न अध्यक्ष पौड्लको आग्रह छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


