आँधीखोलाको दोस्रो चरणको राहत बितरण-पालिकाको व्यवस्थीत शैलीले नागरिक हर्षित
आँधीखोला खवर :
आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । वडा नं ५ मा हिजो, वडा नं. २ मा आज, वडा नं १, ३ र ६ मा भोलि २ गते तथा वडा नं ४ मा पर्सि ३ गते राहत वितरण गर्न लागिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
राहत सामाग्रीमा अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, खाने तेल, चिनी र साबुन वितरण गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा ६ सय ३५ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोस्रो चरणमा ३ सय ३० परिवारलाई राहत वितरण कार्य शुरु गरेको गाउँपालिका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।
गाउँपालिकाले संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा आधा र पूरा परिमाणमा राहत वितरण गर्न लागेको हो । राहत सामाग्री अन्तर्गत दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नुन, साबुन दुईवटा, १ किलो चिनी र १ लिटर तेल वितरण तथा तीन र तीनभन्दा माथिका परिवार संख्या भएका लाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो ।
यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र रोकथाम तथा राहत वितरण गर्न एन आई सी एसिया बैंकमा स्थानीय तह प्रकोप व्यवस्थापन कोष (खाता नं २३४२०५००२७७६८००२) को स्थापना गरेको छ। रकम तथा जिन्सी सामग्री सहयोग गर्न चाहनु हुनेलाई आँधीखोला गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


