आँधीखोला गाउँपालिकाको दत्तेलोटेमा आलु पकेट क्षेत्र सञ्चालन
आँधीखोला खबर : कृषि ज्ञान केन्द्रको सहयोग तथा आँधीखोला गाउँपालिकाको समन्वयमा दत्तेलोटेलाई आलुको पकेट क्षेत्र बनाउने गरी कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाले वडा नं. १ त्रिवेणी दत्तेलोटेका किसानहरूलाई आलु खेतीमा आत्मनिर्भर बनाई व्यावसायिक कृषि तर्फ प्रेरित गर्ने उदेश्यले आलु पकेट क्षेत्रका रूपमा घोषणा गरी सोही अनुसारको कार्यक्रमहरू संचालन गरिएको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । उहाँले दत्तेलोटे धेरै वर्ष पहिले देखि नै आलुको प्रख्यात रहेको र बीचमा विविध समस्याले आलु लगाउने किसानको सङ्ख्यामा कमी भएकोले अझ व्यावसायिक तरिकाले उत्पादन गर्दा धेरै सम्भावना भएको ठाउँ भएकोले पकेट क्षेत्र बनाई ठूलो क्षेत्रफलमा आलु लगाउन लागिएको बताउनुभयो।
६ वटै वडाका विभिन्न ठाउँहरू अवलोकन तथा अनुगमन गरी दत्तेलोटेलाई आलुको पाकेट क्षेत्रको रूपमा अगाडि सारिएको गाउँपालिकाले जनाएको छ । यो वर्ष करिब ९० रोपनी जग्गामा आलु लगाएको र अर्को वर्ष २०० रोपनी जग्गामा लगाउने योजना रहेको गाउँपालिकाले जनाएको छ। दत्तेलोटेका विभिन्न ठाउँबाट ५५ वटा माटोको नमुना संकलन गरी जाँच गर्दा अधिकांश माटोमा अम्लीयपन देखिएपछि कृषि चूनको प्रयोग गरी माटोको अवस्था सुधार गरिएको गाउँपालिका कृषि शाखा प्रमुख अर्जुन चापागाँईले बताएका छन्।
.

गाउँपालिकाको ५०% अनुदान र कृषि ज्ञान केन्द्रको ५०% अनुदानमा ४५ क्विन्टल कार्डिनल नामको आलुको बीउ कृषकहरूलाई वितरण गरि कृषि प्राविधिकहरूको रोहबरमा आलु रोपिएको हो। कृषकलाई खेतमै पुगेर आलु लगाउने तरिका, आलुमा लाग्ने रोग कीरा, उपचार पद्धति, आलु भण्डारण, बजारी करणका सम्बन्धमा जानकारी दिएको र प्राविधिक पक्षको अनुगमन गर्न हरेक हप्ता प्राविधिक टोली दत्तेलोटे पुगेको कृषि प्राविधिक बिबेक आचार्यले बताएका छन् ।
कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा गाउँपालिका कार्यालयले व्यवस्थापन गरिदिने भएपछि कृषकहरू थप उत्साहित भएका छन् भने गाउँपालिकाले अरू वडामा पनि पकेट क्षेत्रहरू विस्तार गर्दै जाने जनाएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


