आँधीखोला गाउँपालिकाद्वारा ५०% अनुदानमा प्लास्टिक टनेल वितरण

नेपाल सरकारले गरेको लकडाउनका कारण स्थानीय स्तरका कृषकहरूमा परेको समस्या न्युनिकरण गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आँधीखोला गाउँपालिकाले कृषकहरूलाई टनेलका लागि प्लास्टिक वितरण गरेको छ । आँधीखोलाले विभिन्न वडाका १५० जना किसानहरूलाई ५० प्रतिशत अनुदानमा सय २०० वटा टनेल प्लास्टिक वितरण गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षकै बजेटबाट किसानहरूलाई टनेलका लागि प्रयोग हुने प्लास्टिक वितरण गरेको हो ।
कृषकहरूलाई टनेल प्लास्टिक वितरण गर्दै आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिक तरकारी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले उत्पादन वृद्धि भए आय आर्जनमा समेत सुधार हुने विश्वास व्यक्त गर्नुभयो । १० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त टनेल प्लास्टिक प्रति गोटा ४ हजार पचास रुपैयाँ मूल्य रहेकोमा किसानहरूलाई पचास प्रतिशत अनुदानमा २ हजार पच्चीस रुपैयाँमा वितरण गरिएको हो ।
.

आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोला गाउँपालिका कृषि शाखाका प्रमुख अर्जुन चापागाँईले टनेलको उपयोगिताका बारेमा जानकारी गराउनु भएको थियो । यसअघि गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बोडी, सिमी, काँक्रो, लौका, मूला, रायो, रामतोरियाँको बीउ वितरण गरेको थियो । कृषि पेशामा नै जीवन निर्वाह गरिरहेका किसानहरू यस्तो कार्यक्रमले निकै नै खुशी छन् ।
.

समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…