कोभिड १९ राहत कोषमा ३१ लाख ७२ हजार संकलन
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा सोमबारसम्म ३१ लाख ७२ हजार ६ सय ९७ संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा आइतबार मात्रै २१ हजार ७ सय ७१ रकम संकलन भएको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा आईतबारमात्रै नेपाल शिक्षक संघका गण्डकी प्रदेश सदस्य दिपक रेग्मीले जन्मदिनको अवसरमा ५ हजार ५ सय ५५, सक्षम वालिङ सिभिडन क्लब स्याङ्जाबाट ११ हजार १ सय ११, वालिङ ८ निवासी देवी कुँवरले आफ्नो जन्मदिनमा ५ हजार १ सय ५ संकलन भएको हो ।
थप भएको रकमसँगै हालसम्म नगद तथा खाद्यान्न गरी रु. ३१ लाख ७२ हजार ६ सय ९७ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको राहत कोषमा हालसम्म नगद २४ लाख, ८४ हजार ६ सय ९७ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३१ लाख ७२ हजार ६ सय ९७ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


