लकडाउनमा मजदुरको कथा पोखरा देखि दाङ सम्म पैदल यात्रा…..

श्रीकृष्ण सिग्देल/स्याङ्जा :

सरकारले कोरोना भाइरसलाई थप फैलिन नदिन एक साताका लागि मुलुकलाई लकडाउन ग¥यो । पहिलो लकडाउन एकसाताका लागि मात्रै सोचेर काम गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई थाहा भएन सरकारले फेरी अर्को एकसाता लकडाउन घोषण गरेपछि उनीहरुको मनमा चिसो पस्यो । यो समस्या हो कास्की माछापुच्छ्रे गाउपालिकामा काम गर्ने श्रमीकहरुको । दाङका गडहगाँउपालिका बाट दैनिक मजदुरी गर्न गएका श्रमिकहरुले ठेकेदारसगँ घर जाने व्यवस्था मिलाईदिन आग्रह गरे । तर लकडाउन लम्बिदैन भन्दै ति श्रमिकहरुलाई घर पठाउन आनकानी गरेपछि पैदल यात्रा गरेर भएपनि जान्छौ भन्दै उनीहरुले आफ्नो यात्रा तय गरे । पैदल यात्रा गरेर स्याङ्जाको वालिङ आईपुगेका श्रमिकहरुको कथा हो यो । एक महिना अगाडी नदिमा तटबन्दनका लागि जाली भर्ने काममा गएका १२ जना श्रमिक ठेकेदारले सवारी साधनको व्यवस्था नगरिदिदा हिडेर घर जान बाध्य भएको दुजमान घर्तीले बताए । पैदल हिडेर जिल्ला प्रशासन कार्यालय कास्कीमा आएर प्रशासनलाई अनुरोध ग¥यौ घर्तीले भने,“प्रशासनले सवारी साधन व्यवस्थापन गर्न सक्दैनौ भनेपछि हिडेर जान बाध्य भयौं ।” करिव ३८ घण्टा पैदल हिडेर उनीहरु वालिङ आईपुगेको उनले बताए ।

.

मजदुरको अवस्थाबारे जानकारी लिदै वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरे


पाँचदिन लागेपनि घरमै पुगेर बस्ने अठोटका साथ पैदल यात्रा तय गरेका ति श्रमिकहरुले करिव ३ सय ५० किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । पटक पटक घरमा जाने व्यवस्था गरिदिन आग्रह गरेपनि ठेकेदारले कुरा नसुनेको उनीहरुले बताए । मर्दिखोला तटबन्दन समितिका सदस्य केशव अधिकारी सगँ बुझ्ने प्रयास गर्दा उनीहरुलाई खाना बस्नको प्रवन्ध मिलाएपनि बस्न नमानेको बताए । दाङको गडह गाँउपालिका १ बगवारी गाँउका श्रमिकहरु सिद्धार्थ राजमार्गको बाटो हुदै वालिङ आईपुगेको सरद जिसीले बताए । हिड्दै जादा घर पुगिएलानी भन्ने आशा लिएका छौ जिसीले भने,“बिहानको समय र बेलुकाको समयमा हिड्ने गरेका छौं ।” दिउसोको समयमा शितल खोजेर आराम गर्दै यहाँ सम्म आईपुग्यौ उनले भने । चाउचाउ र पानी खाएर यात्रा गरेको उनीहरुले बताएका छन् ।
उनीहरुको पैदलयात्रा अत्यन्तै दयनीय अवस्था थियो । १२ बर्षे बालक देखि २८ बर्षे उमेरका १२ जना श्रमिकको दयनीय अवस्था देखेर केही राहत गर्न सकिन्छ कि भनेर स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्लाई सम्पर्क गर्न खोज्दा एक जिल्लाबाट अर्को जिल्ला पठाउन कठिन हुने बताए ।

Facebook Comments Box
TOP