मनकारी क्याप्टेन : एक महिनाको घरभाडा छुट
तोलाकान्त बगाले/वालिङ :
यहाँका एक घरबेटीले दश परिवारका लागि एक महीनाको घरभाडा छुट दिनुभएको छ । वालिङ नगरपालिका १ रामबाच्छा बस्ने क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महीनाको घरभाडा छुट दिने घोषणा गर्नुभएको हो ।
“लकडाउनका कारण काम गरेर खाने समुदायमा निक्कै अप्ठ्यारो परेको छ” घरबेटी गुरुङले भन्नुभयो, “उहाँहरुको पीडामा आहात नभई राहतस्वरुप एक महीनाको घरभाडा छुट दिने घोषणा गरेको हुँ ।” वालिङ १ रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समितिको कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् ।
“प्रत्येक महीना घरभाडाबाट सत्र हजार ५०० बुझ्ने गरेको थिएँ” घरबेटी गुरुङले भन्नुभयो, “सारा विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिनु जरुरी ठान्दछु ।”
आँफूले एक महीनाको भाडा छुट दिंदै गर्दा केही परिवारलाई खाद्यान्न जोहो गर्नका लागि सहयोग पुग्ने भएकाले पनि आँफूले भाडा नलिने निर्णय गरेको घरबेटी गुरुङले बताउनुभयो । गुरुङले आज वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा १५ हजार नगदसमेत उपलब्ध गराउनुभएको थियो ।
एक महीनाको घरभाडा छुट दिएर क्याप्टेन गुरुङले उदाहरणीय कार्य गर्नुभएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वभर सबै समुदाय कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा क्याप्टेन गुरुङले गर्नुभएको सहयोगको प्रशंसा गर्दछु” नगर प्रमुख खाँणको भनाई थियो । वडा कार्यालयले मनकारी गुरुङप्रति आभार ब्यक्त गर्दै अरुले पनि उहाँको कार्यको अनुकरण गर्न सके राम्रो हुने वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


