मनकारी क्याप्टेन : एक महिनाको घरभाडा छुट

तोलाकान्त बगाले/वालिङ :
यहाँका एक घरबेटीले दश परिवारका लागि एक महीनाको घरभाडा छुट दिनुभएको छ । वालिङ नगरपालिका १ रामबाच्छा बस्ने क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महीनाको घरभाडा छुट दिने घोषणा गर्नुभएको हो ।
“लकडाउनका कारण काम गरेर खाने समुदायमा निक्कै अप्ठ्यारो परेको छ” घरबेटी गुरुङले भन्नुभयो, “उहाँहरुको पीडामा आहात नभई राहतस्वरुप एक महीनाको घरभाडा छुट दिने घोषणा गरेको हुँ ।” वालिङ १ रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समितिको कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् ।
“प्रत्येक महीना घरभाडाबाट सत्र हजार ५०० बुझ्ने गरेको थिएँ” घरबेटी गुरुङले भन्नुभयो, “सारा विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिनु जरुरी ठान्दछु ।”
आँफूले एक महीनाको भाडा छुट दिंदै गर्दा केही परिवारलाई खाद्यान्न जोहो गर्नका लागि सहयोग पुग्ने भएकाले पनि आँफूले भाडा नलिने निर्णय गरेको घरबेटी गुरुङले बताउनुभयो । गुरुङले आज वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा १५ हजार नगदसमेत उपलब्ध गराउनुभएको थियो ।
एक महीनाको घरभाडा छुट दिएर क्याप्टेन गुरुङले उदाहरणीय कार्य गर्नुभएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वभर सबै समुदाय कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा क्याप्टेन गुरुङले गर्नुभएको सहयोगको प्रशंसा गर्दछु” नगर प्रमुख खाँणको भनाई थियो । वडा कार्यालयले मनकारी गुरुङप्रति आभार ब्यक्त गर्दै अरुले पनि उहाँको कार्यको अनुकरण गर्न सके राम्रो हुने वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…