वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै अध्यापन गराउने
स्याङ्जा : वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का लकडाउनले गर्दा लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थी प्रभावित भएको भन्दै सूचना प्रविधिको प्रयोग गरेर लकडाउनको अवधिभर अनलाइन कक्षा सञ्चालन गर्ने क्याम्पसले जनाएको छ ।
पहिलो चरणमा तत्कालका लागि स्नातकोत्तर तहको पढाई सञ्चालन गर्ने निर्णय भएको क्याम्पस प्रमुख सच्चिदानन्द यादवले जानकारी दिए । यादवले भने– ‘विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनले क्याम्पस लामो समयसम्म बन्द गर्नुपर्दा विद्यार्थीको पढाई प्रभावित भएको र लकडाउन कहिलेसम्म जाने भन्ने टुंगो नभएकाले अनलाइनबाटै भएपनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको हो ।’
शैक्षिक क्रियाकलापलाई निरन्तरता दिनको लागि प्राध्यापकहरुलाई अनलाइनबाट शिक्षण गर्नको लागि विषयगत रुटिङ तयार पार्न भनिएको क्याम्पसका क्युएए फोकलपर्सन एवं नेपाली विभाग प्रमुख प्राध्यापक राजेन्द्र डुम्रेले जानकारी दिए । स्नातकोत्तर तहसम्म पढाई हुने गण्डकी प्रदेशकै अग्रणी यो क्याम्पसमा करिब १५ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । जिल्लाकै मध्यभागमा रहेको यस क्याम्पसमा स्याङ्जाका साथैै छिमेकी जिल्ला पर्वत, पाल्पा र गुल्मीबाट समेत अध्ययनको लागि विद्यार्थीहरु आउने गर्दछन् । (ढोरपाटन न्युज)
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


