भीरकोटको प्रकोप व्यवस्थापन कोषमा करूङ बयरघारी मुस्लिम क्लब र समाजको सहयोग
आँधीखोला खबर/भीरकोट :
विश्वलाई नै प्रभावमा पारेको महामारी Corona Virus को कारणले वन्दाबन्दी घोषणा भएको र दैनिक ज्याला-मजदुरी गर्न नपाई जीविकोपार्जन गर्न गाह्रो भएका मजदुरहरु र असहायहरूका निमित्त “सेवा नै धर्म हो, आफु पनि बाचौं अरूलाई पनि बचाऔं“ भन्ने मान्यतालाई शिरोपर गर्दै भीरकोट नगरपालिकामा रहेको ‘करूङ बयरघारी मुस्लिम युवा क्लब’ र ‘करूङ बयरघारी मुस्लिम समाज’ ले कोरोना भाइरसबाट प्रभावित विपन्न परिवारको साहयोगका निमित्त भीरकोट नगरपालीकाको प्रकोप व्यवस्थापन कोषमा संकलन लागि नगर प्रमुख छायाराम खनाललाई रु.६०,०००.०० हस्तान्तरण गरेको छ l
करूङ बयरघारी मुस्लिम युवा क्लबका अध्यक्ष मोहम्मद जुमाल अलिले खाद्यान्न सामाग्री जस्तै चामल, दाल, नुन र तेलको लागि (७५ विपन्न परिवार वरावर) नगर प्रमुख खनाललाई ६००००.०० (अक्षरुपि साठी हजार) को चेक हस्तान्तरण गरेका थिए । क्लबले चलाएको उक्त अभियानमा मुख्य सहयोग करूङ बयरघारी मुस्लिम समाज कतार साथै करूङ बयरघारी मुस्लिम समाजलको रहेको थियो l कार्यक्रममा बोल्दै अध्यक्ष अलिले क्लबको उक्त अभियानमा साथ दिने सम्पुर्णलाई धन्यवाद दिदै विपतको यो घडिमा हामी सरकारको बाटो नताकी आ-आफ्नो ठाउँबाट थोरै धेरै न्यूनवर्गीय परिवारहरु लागी सहयोग गरौं भन्ने अनुरोध पनि गरेका थिए। कार्यक्रममा नगर प्रमुख छायाराम खनालले सहयोगी क्लब र समाजलाई धन्यवाद दिदै सहायोग रकम सही ठाउमा सदुपयोग हुने प्रतिवद्धता ब्यक्त गर्दै नेपाल सरकारको नियम पालना गर्दै लकडाउन सफल पार्न र आफु आफ्नै ठाउँमा सुरक्षित रहन अनुरोध पनि गर्नुभएको थियो मुस्लिम समाजका पुर्व अध्यक्ष तथा भिरकोट नगरपालिकाका लेखा प्रमुख समेत रहनुभएका जब्बर अलि मियाँले संकलित रकमबाट राहत वितरण गर्दा एकद्वार प्रणाली मार्फत वितरण गरिने कुरामा जोड दिनुभएको थियो । एक द्वार प्रणाली मार्फत राहत वितरण गर्दा राहत पाउनु पर्ने वर्ग छुट्ने वा दोहोरिने सम्भावना कम रहन्छ ।
कोरोना भाइरसको महामारीको यो समयमा यदी कुनै संघ संस्था वा व्यक्तिले कोरोना भाइरसबाट प्रभावित मजदुरहरु वा असहायहरूलाई सहयोग गर्न चाहेमा भीरकोट नगरपालिकाको मेघा बैंकमा रहेको “प्रकोप व्यवस्थापन कोष खाता” को खाता नं ग-७-२-१०६००१००२७२७८ मार्फत रकम जम्मा गर्न वा मोबाइल बैंकिङ्ग तथा ई-बैंकिङ्ग प्रयोग गरि फन्ड ट्रान्सफर गर्न वा सोझै नगरपालिकामा सम्पर्क गरि नगद वा जिन्सी सहयोग गर्न सकिने व्यहोरा भिरकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मीले अवगत गराउनुभयो l कोरना भाईरस र लकडाऊन बाट उत्पन्न जटिल बिषय बारे बुझ्न, जानकारी लिन, दिन नगरपालिकाले कल गर्दा पैसा नलाग्ने नम्बर 16606342177 (टोल फ्री नम्बर) को समेत व्यवस्था गरेको छ।
सहयोग हस्तान्तरणको उक्त कार्यक्रममा भीरकोट न.पा. १ का वडा अध्यक्ष एबं नगर प्रवक्ता दीपेन्द्र केसी, करूङ बयरघारी मुस्लिम समाजका अध्यक्ष नुरूल हक मियाँ, समाजका पदाधिकारीहरू, समाजसेवी हाजि जब्बार अलि मियाँ, इमान मोहम्मद ईसुफ मियाँ, अमिर हाम्जा, हाजी युनुस, मोहम्मद हनिफ, मज्बुन हसन, सैयद मुमद, दिन अहमद, क्लबका पदाधिकारीहरू , वरिष्ठ उपाध्यक्ष कुदरत अलि, सचिव अहमद अलि, कोषाध्यक्ष अब्दुल मजिद , युवा दाजुभाइ हरू, कतार समाजका प्रतिनिधि सफाईतुल मियाँको उपस्थिती रहेको थियो।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …