भीरकोट नगरपालिका मजदुर र अतिविपन्नलाई राहत वितरण चल्दै

आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिकाले लकडाउनका बेला ज्यालादारी तथा मजदुरी गर्नबाट वञ्चित अति विपन्न परिवारलाई राहत वितरण गरिरहेको जनाएको छ । सबै वडावाट प्राप्त भएको तथ्याङका आधारमा राहत वितरण भईरहेको नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
नगर भित्रका दैनिक ज्यालादारी तथा अति विपन्न परिवारलाई पालिकाले राहत वितरण गरेको जानकारी दिदै नगरप्रमुख खनालले छुट भएकाहरुलाई अतिआवश्यक्ताका आधारमा पुन राहत वितरण गरिने बताउनुभयो ।
लकडाउनका बेला नगरबासीले पुर्ण सहयोग गरिरहेको भन्दै आँफू र आफ्नो परिवारलाई स्वस्थ राख्न सबैले सहयोग गर्नुपर्ने प्रमुख खनालको भनाई छ ।
बुधबार मात्रै ७ र ८ वडाका बिभिन्न घरपरिवारलाई टोलटोलमै पुगेर राहत व्याकेज वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
राहत प्याकेज अन्र्तगत २ जना सम्मको परिवारलाई ५ केजी चालम, दाल, तेल, नुन र सावुन वितरण गरिएको छ भने २ भन्दा माथिको परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, आधा केजी तेल र साबुन वितरण गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
यता करुङ बयरघारी मुस्लिम समाज र करुङ बयरघारी मुस्लिम युवाक्लबले संयुक्त रुपमा भीरकोटको राहत कोषमा ६० हजार नगद जम्मा गरेका भीरकोटले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…