भीरकोट नगरपालिका मजदुर र अतिविपन्नलाई राहत वितरण चल्दै
आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिकाले लकडाउनका बेला ज्यालादारी तथा मजदुरी गर्नबाट वञ्चित अति विपन्न परिवारलाई राहत वितरण गरिरहेको जनाएको छ । सबै वडावाट प्राप्त भएको तथ्याङका आधारमा राहत वितरण भईरहेको नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
नगर भित्रका दैनिक ज्यालादारी तथा अति विपन्न परिवारलाई पालिकाले राहत वितरण गरेको जानकारी दिदै नगरप्रमुख खनालले छुट भएकाहरुलाई अतिआवश्यक्ताका आधारमा पुन राहत वितरण गरिने बताउनुभयो ।
लकडाउनका बेला नगरबासीले पुर्ण सहयोग गरिरहेको भन्दै आँफू र आफ्नो परिवारलाई स्वस्थ राख्न सबैले सहयोग गर्नुपर्ने प्रमुख खनालको भनाई छ ।
बुधबार मात्रै ७ र ८ वडाका बिभिन्न घरपरिवारलाई टोलटोलमै पुगेर राहत व्याकेज वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
राहत प्याकेज अन्र्तगत २ जना सम्मको परिवारलाई ५ केजी चालम, दाल, तेल, नुन र सावुन वितरण गरिएको छ भने २ भन्दा माथिको परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, आधा केजी तेल र साबुन वितरण गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
यता करुङ बयरघारी मुस्लिम समाज र करुङ बयरघारी मुस्लिम युवाक्लबले संयुक्त रुपमा भीरकोटको राहत कोषमा ६० हजार नगद जम्मा गरेका भीरकोटले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


