नेकपा भीरकोटले प्रकोप व्यवस्थापन कोषमा ३० हजार नगद प्रदान
चुत्र महत/भीरकोट :
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगर कमिटीले भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नेकपा जिल्ला सदस्य सन्तोष केसी र नेकपा भीरकोट सचिव विश्वनाथ अर्यालले राहत स्वरुप नगद ३० हजार १ सय नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका हुन ।
नगद रकम वुझ्दै नगर प्रमुख छायाराम खनालले नगर भित्रका सक्रिय रहेका राजनितिक दलहरुले कोविड १९ ले विश्व माहामारीको रुप लिइरहेको अवस्थामा लक डाउन वाट प्रभावित भीरकोटवासीहरु लाई भोकै भई वाच्नुपर्ने अवस्था आउन नदिनको लागि सवैको उत्तिकै दायुत्व रहेको भन्दै भीरकोटका सवै संघ सस्था व्यापारीहरुले यथासक्य सहयोग गर्न आग्रह गर्दै नेकपा भीरकोट नगर कमिटीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८ हजार ४ सय ३८ जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनु भयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


