भीरकोट जेसीजद्धारा प्रकोप व्यवस्थापन कोषमा ५० हजार नगद सहित थर्माेमिटर प्रदान ।

jci_virkot

चुत्र महत/भीरकोट :
भीरकोट नगरपालिकाको प्रकोप व्वस्थापन कोषमा राहत स्वरुप जिन्सी र नगद रकम आउने क्रम जारी रहेको छ । मानवताको सेवा नै सर्वपरी मान्ने भीरकोट जेसीजले एक कार्यक्रमको विच जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल, भीरकोट जेसिजका संस्थापक उमेश गुरुङ् लगायत भीरकोट जेसिजका पदाधीकारीहरुको उपस्थीतीमा भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत स्वरुप ५० हजार चेक र ५० थान डिजिटल थर्मोमिटर भीरकोट जेसिजका वर्ष २०२० का अध्यक्ष मिना खाँणले नगर प्रमुख छायाराम खनाललाई प्रदान गनु भएके ।
राहत रकम वुझ्दै नगर प्रमुख छायाराम खनालले प्रदान गरेको रकमको सहि सदुपयोग गर्दै, कोविड १९ को माहामारी रोक्नको लागि सरकारले गरेको लक डाउनका कारण प्रभावित भीरकोट वासी अति विपन्न गरिव ज्याला मज्दुरी गरी घरपरिवार चलाउदै आएकाहरु जुन वास्तविक प्रभावीत लाई दोस्रो चरणको राहत वितरण गर्ने योजना नगरपालिकाले वनाएको बताउनु भयो
भीरकोटमा रहि विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीजले यस अघी पनि लक डाउनवाट प्रभावितहरुका लागी १८ हजार वरावरको खाद्यान्न र ग्रामिण क्षेत्रमा ७० थान डिजिटल थर्मोमिटर वितरण गरी सकेको अध्यक्ष मिना खाँणले वताउनु भयो । राहत प्रदान कार्यक्रमको संचालन भीरकोट जेसिजका कार्यकारिणी उपाध्यक्ष प्रसुन मगरले गर्नु भएको थियो ।

.


यसैगरी भीरकोट नगरपालिका वडा न १ निवासी स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउदै आएका प्रसन्न मेडिकल हलका संचालक प्रदिप आलेका छोराहरु प्रसन्न आले र यूवान आलेको आज परेको जन्मदिनको अवसरमा भीरकोटमा लक डाउनवाट प्रभावित हरुलाई रहत होस भनी प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत स्वरुप नगद रु ३३,३३३। र नेपाली काँग्रेस जन सम्र्पक समिति दक्षिण कोरीयाका महामान्त्री कुमार थापाका स्व. आमा मन कुमारी मगरको स्मृतीमा कोषमा जम्मा हुने गरी थापाको वुवा मार्फत राहत स्वरुप नगद १०,०००। हजार गरी आज सम्म नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र नगद गरी ७ लाख ४३ हजार ३ सय ३८ जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनु भयो ।

Facebook Comments Box
TOP