जन्मदिनका अवसरमा भीरकोटको विपद व्यवस्थापन कोषमा नगद सहयोग

आँधीखोला खबर/भीरकोट :
आफ्नो जन्मदिनको अवसर पारेर भीरकोट जेसीजका कोषाध्यक्ष सिर्जना गौतम काफ्लेले नगरपालिकाको दैविक प्रकोप व्यवस्थापन कोषमा नगद सहयोग गर्नु भएको छ । आफ्नो जन्मदिनको अवसरमा गौतमले रु ११ हजार १ सय ११ रुपैँया नगरप्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
कोरोना भाइरस कोभिड १९ ले विश्वभर महामारीको रुप लिएको छ भने नेपालमा रोकथामका लकडाउन भईरहेको अवस्थामा अति आवश्यक परेका नगरवासीलाई थोरै भएपनि राहत होस् भनेर सहयोग गरेको सिर्जनाको भनाई छ ।
नगद ग्रहण गर्दै नगरप्रमुख खनालले जन्मदिनको फजुल खर्च कटाएर अति आवश्यक कार्यका लागि सहयोग गरेको भन्दै सिर्जनालाई धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाको कोषमा नगद तथा जिन्सी आउने क्रम जारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भीरकोट जेसीजका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…