जन्मदिनका अवसरमा भीरकोटको विपद व्यवस्थापन कोषमा नगद सहयोग
आँधीखोला खबर/भीरकोट :
आफ्नो जन्मदिनको अवसर पारेर भीरकोट जेसीजका कोषाध्यक्ष सिर्जना गौतम काफ्लेले नगरपालिकाको दैविक प्रकोप व्यवस्थापन कोषमा नगद सहयोग गर्नु भएको छ । आफ्नो जन्मदिनको अवसरमा गौतमले रु ११ हजार १ सय ११ रुपैँया नगरप्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
कोरोना भाइरस कोभिड १९ ले विश्वभर महामारीको रुप लिएको छ भने नेपालमा रोकथामका लकडाउन भईरहेको अवस्थामा अति आवश्यक परेका नगरवासीलाई थोरै भएपनि राहत होस् भनेर सहयोग गरेको सिर्जनाको भनाई छ ।
नगद ग्रहण गर्दै नगरप्रमुख खनालले जन्मदिनको फजुल खर्च कटाएर अति आवश्यक कार्यका लागि सहयोग गरेको भन्दै सिर्जनालाई धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाको कोषमा नगद तथा जिन्सी आउने क्रम जारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भीरकोट जेसीजका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


