स्याङ्जामा युरिया मलको खपत बढ्यो
स्याङजा : स्याङजामा युरिया मल लिने किसानको घुइँचो लाग्न थालेको छ। लकडाउनको कारण कतै मलको अभाव हुनेको हो कि भन्ने चिन्तामा किसानहरु मल लिन लामबद्ध लाइनमा बस्न बाध्य छन्। किसानहरुले धान खेतीको लागि पनि मलको जोहो गरेर राख्न थालेपछि अघिल्लो वर्षको तुलनामा दोब्बर मल खपत हुने भएको छ। जिल्लामा अघिल्लो वर्षको वैशाख महिनामा मात्र २३५ मेट्रिक टन मल खपत भएको थियो।
यस वर्ष वैशाखको दोस्रो हप्तासम्ममा मात्र २१४ मेट्रिक टन मल खपत भएको कृषि सामग्री कम्पनी लिमिटेड स्याङजाका प्रमुख विशेश्वर गिरीले जानकारी दिए। उनी भन्छन्, ‘किसानहरू मलको हाहाकार हुन्छ कि भनेर चिन्ता लिनु पर्दैन हामीसँग अझै १६५ मेट्रिक टन रासायनिक मल मौजदात छ।’ लकडाउनको कारण सवारीसाधनमा सहजता नभएको कारण केही सहकारीमा एक दुइ दिन ढिलो रासायनिक मल पुगेको बताउँदै गिरीले भने, ‘ किसानहरु आत्तिनुपर्दैन रासायनिक मलको अभाव हुन दिँदैनौ।’
अहिले स्याङजामा सहकारीमार्फत रासायनिक मल बिक्री वितरण गर्न ९९ संस्था सूचीकृत भए पनि ५६ बटा बिक्री केन्द्रबाट मल बितरण हुँदै आएको छ। डिएपी र पोटासको माग नभएकोले सहकारी संस्थाहरुमा गाउँमा रमाउँदै युवा कोरोना संक्रमणको त्रासले गाउँगाउँ फर्किनेको संख्या बढेसँगै खाली समयमा कृषि कर्ममा रमाउनेहरु पनि बढ्न थालेका छन्। लामो समय कोरिया बसेर फर्केका वालिङ २ कसेदीका राजु गैह्रे वर्षौदेखि बाँझो रहेको जमिनमा सुन्तलाको खाडल खनिरहेका छन्। उनी भन्छन् , ‘ विदेश गइयो बाँचेर आइयो। आफ्नै भूमि राम्रो रहेछ, ५ वर्षपछि उर्बर माटोलाई स्याहार गर्दै छु। उनी जस्तै स्याङजाका सयौँ युवाहरु कृषि कर्ममा रमाउन थालेका छन्।
स्याङ्जा जिल्लाभर १६५ मेट्रीक टन डिएपी , पोटास र युरिया मल मौजदात रहेको छ। मकैको सिजनमा युरीया मलको माग अत्याधिक हुने भएको कारण ९२ मेट्रिक टन मौजदात रहेको कृषि सामग्री कम्पनी लिमिटेड जिल्ला शाखाले जनाएको छ।
(साभार -थाहाखवर डटकम)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


