बैशाख र जेठमा हुने भनिएका त्रिविका सवै परीक्षाहरू स्थगित
काठमाडौँ : त्रिभुवन विश्व विद्यालयले आउँदो बैशाख र जेठमा सचालन गर्ने भनिएका परीक्षाहरु स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि बैशाख र जेठका सबै परीक्षाहरु स्थगित गरिएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबारको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बिएस्सी, बिबिएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा स्थगित गरिएका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाका कार्यक्रम स्थगित गरिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


