बैशाख र जेठमा हुने भनिएका त्रिविका सवै परीक्षाहरू स्थगित

काठमाडौँ : त्रिभुवन विश्व विद्यालयले आउँदो बैशाख र जेठमा सचालन गर्ने भनिएका परीक्षाहरु स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि बैशाख र जेठका सबै परीक्षाहरु स्थगित गरिएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबारको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बिएस्सी, बिबिएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा स्थगित गरिएका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाका कार्यक्रम स्थगित गरिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।
समाचार
थप सामाग्री
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
२ दिन अगाडि
गण्डकी– पोखरा स्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने…