स्याङ्जा : लकडाउन बढेसँगै घर आउनेको लर्को
भवानी अधिाकारी/स्याङ्जा : लकडाउन बढ्दै जाँदा मानिसहरु जिल्ला भित्रिने क्रम पनि बढेकै छ । रोजगारका लागि मुलुकका विभिन्न स्थानमा पुगेका लकडाउनपछि सिर्जित समस्या टार्न जन्मथलो सम्झिंदै फर्किनेको घुईचो पनि उत्तिकै छ ।
स्थानीय प्रशासनले जिल्लालाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न जिल्ला भित्रने जो कोही पनि १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ । तै, पनि जिल्लाबासी नागरिक भने आउने क्रम भने घटेको छैन ।
एकैदिन भित्रिएका मध्ये गल्याङ नगरपालिकाका ७९ जना छन् । उनीहरु लगायत १ सय १६ गल्याङ बहुमुखी क्याम्पसको भवनमा निर्मित क्वारेन्टाइनमा छन् । यसैगरी, काठमाडौंबाट २२ जना, बुटवलबाट ५ जना, म्याग्दीबाट ४ जना चितवनबाट ३ जना, दुम्कीवासबाट २ जना र चापाकोटबाट एक जना क्वारेन्टाइनमा छन् । आएकामध्ये ८८ जना पुरुष र २८ जना महिला छन् । क्वारेन्टाइनमा ११ जना बालबालिकामध्ये १८ र १६ महिनाका पनि २ जना छन् । अन्य पालिकामा बस्नेहरु पनि केही छन् ।
गल्याङ नगरपालिका ४ निवुवाखर्कका दिलमाया रानाले आफू लगायत ७९ जना बारा जिल्लाबाट जन्मथलो गल्याङ फर्कन चाहेको जानकारी गराएपछि स्थानीय प्रशासनले उनीहरुलाई ल्याउनेजति सबै व्यवस्था मिलायो । उनीहरु सबै गाडी रिजर्भ गरेर यहाँ आएका हुन् ।
राना लगायत गल्याङ् ९७ जना बारा स्थित बहुराष्ट्रिय कम्पनी डाबर नेपालका कर्मचारी हुन् । सबैजना गल्याङ नगरबासी पनि । कोरोना भाइरस संक्रमणका कारण कम्पनी पनि बन्द भएपछि खान र बस्न समस्या भएको जनाउँदै उनीहरु आफ्नै जन्मथलो फर्किएका हुन् ।
नेपाल भारतको सीमामा पर्छ डावर कम्पनी । छिमेकी सहर वीरगंज पनि कोरोना भाइरस संक्रमण प्रभावित स्थान हो। ‘कम्पनी बन्द भो । काम पाइएन । बस्न मन लागेन। सबैजना मिलेर गाउँ नै फर्कने निर्णय गर्यौं अनि छोराछोरी परिवार लिएर गाउँ नै फर्कियौं’, ५१ वर्षीय हिमाल रानाले भने ।
एक साताअघि स्थानीय प्रशासनले जिल्ला भित्रिने जो कोहीलाई पनि १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । खाने, बस्ने लगायतका सबै ब्यवस्था नगरपालिकाले जुटाएको छ । साँझ विहान खाना, चिया नास्ता, दिने गरिएको छ । खाना पकाउने भान्से ६ जना रहेका छन् भने शौचालय सफासुग्घरका लागि छुट्टै ब्यक्ति राखिएको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए । खाना र बसाइमा कुनै कमी हुन दिने छैनौं । केही अत्यावश्यक भएमा हामीलाई भन्नुहोस् भन्दै प्रमुख अधिकारीले क्वारेन्टाइनमा बस्नेलाई सोध्ने गरेका नगरपालिकाका प्रेस संयोजक केपी खनालले बताए ।
सबैको सक्रियता र जागरुकताले अहिलेसम्म स्याङजा जिल्ला सुरक्षित रहेको बताउँदै अब झन सतर्कता अपनाउन जिल्ला भित्रिनेलाई १४ दिन क्वारेन्टाइनमा राखी पीसीआर प्रविधिबाट नमूना परिक्षण गरी नेगेटिभ रिपोर्ट आएमा घर पठाइने बताउँछन् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ । उनले भने, ‘आफ्नो घर आउँछु भन्नेलाई रोक्न पनि त भएन नी ।’
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


